gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पर्यटकको नयाँ गन्तव्य, टिमुरे ताल र सामुदायिक होमस्टे

टोपलाल अर्याल
गुल्मी, १० मंसिर। लेकमा पर्यटकीय क्षेत्र टिमुरे । सतहमा शान्तिपुर बजार । रेमी गाउँ बीचको समथर भु–भागमा पर्छ । बारीमा फुलेको पंहेलपुर तोरी र उत्तरका मनमोहक हिमश्रृखला । चन्द्रकोट गाउँपालिका ४ रेमी गाउँको प्राकृतिक बिचित्रता पनि अनौठो र रमणीय छ । शान्तिपुर बजारबाट गाडीमा करिव २० मिनेट उकालो चढेपछि रेमीको टिमुरे सामुदायिक होमस्टे पुगिन्छ । रेमी गाउँमा रानामगर, पुन, श्रीस र नेवार लगायतका करिव डेढ सय जनजाति समुदायको बसोबास गर्ने युवा वीर बहादुर थापाले बताए ।

धेरै ठाउँ बसाइसराइँको चपेटामा छन् । तर यो गाउँमा त्यसको प्रभाव खासै छैन् । चन्द्रकोट गाउँपालिकाको पाँच लाख र होमस्टे संचालकको दुई लाख गरि सात लाखको लागतमा होमस्टे संचालन गरिएको अगुवा तथा होमस्टे संचालक लिल बहादुर पुनले बताए । रेमीका नागरिकको मुख्य पेसा कृषि कर्मनै हो । गाउँमा बाख्रा पालन, कुखुरा पालन, मौरी तथा तरकारी खेतिबाट स्थानीयले आर्थिक उर्पाजन भइरहेको पुनले बताए । गाउँका युवा वैदेशिक रोजगारीमा छन् । भने भारती, ब्रिटिस र नेपाली सेनाका पेन्सनरहरु पनि गाउँमा रहेका छन् ।

कला संस्कृतिमा अब्बल

नामनै टिमुरे । टिमुरको चट्नी । साँधेको अचार र मकै भट्ट । लोकल कोदाको रक्सी चट्ट । त्यसपछि लिल बहादुर पुनको गलो फुर्न थाल्छ । शसिकला पुनले छोपेको मेलोमा बल बहादुर नेपालीको ठाडो भाका । होमस्टे पुग्ने न नाचेर फर्कदैनन् । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिलेनै आकर्षित गर्ने हो । त्यसमा रेमी गाउँ अब्बल छ । रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । आफुहरुको समुदाय मनोरञ्जनमै बढि खुसी हुने भएकाले होमस्टेमा सांगीतिक खुराकको अभाव नहुने सोहि गाउँका युवा सन्तोष पुनले बताए । उनले नयाँ पुराना गीत संगित र कलाकारहरु गाउँमा भएकाले सवैको व्यावस्थापन होमस्टेको लागि गरिएको उनले बताए ।

गाउँकै स्वादिष्ट परिकार

चन्द्रकोट गाउँपालिका ४ रेमीको टिमुरे सामुदायिक होमस्टेमा पर्यटक आकर्षण गर्न स्वादिष्ट खानाका परिकारको व्यावस्था गरिएको छ । पर्यटक आकर्षण गर्ने मुख्य परिकार कोदो रक्सी र रोटी, फापरको रोटी, मकै भटमास, टिमुर, भाँगो र सिलामको चटनी तथा लोलक कुखुरा हो । अहिले खानाका परिकारको मुल्य निर्धारण गरिएको छैन् । तर होटल र अन्य जिल्लाका होमस्टेभन्दा कम मुल्यमा खाना खुवाइने होमस्टे संचालन समिति संयोजक लक्ष्मी रानाले बताइन् । अहिले गाउँका आठ वटा घरमा होमस्टे संचालन गरिएको छ । अहिले २५ जनासम्म होमस्टेमा राख्न मिल्ने गरि व्यावस्थापन गरिएको रानाले बताइन् । उनले विस्तारै अरु घरमा पनि होमस्टे संचालन गर्दै लैजाने बताइन् ।

निरन्तरतामा जोड : मन्त्री बराल

टिमुरे सामुदायिक होमस्टे संचालमा आएको छ । होमस्टेको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरे । मन्त्री बरालले यो कामले स्थानीय सरकार र जनताबीच आत्मीयता बढ्ने सफलताको शुभकामना दिए । साथै उनले होमस्टे स्थापना खुशीको कुरा भएपनी निरन्तरता चुनौतीपूर्ण रहेकाले सवैको सहयोग र सद्भाव आवश्यक रहेको बताए । होमस्टेसंग गाउँको मौलिकता जोडिने भएकाले नयाँ रचनात्मक कामको अपनत्वमा सवैमा हुनुपर्नेमा मन्त्री बरालको जोड रहेको थियो । चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण बहादुर कुवरले टिमुरे तालसङै होमस्टे अगाडी बढाउने बताए । उनले कृषि र पर्यटन समृद्धिको आधार भएकाले गाउँपालिकाकाले लगानी गरेको बताउँदै होमस्टेलाई अर्थोपार्जनसंग थप व्यवस्थित गरेर लैजाने काम स्थानीयकै भएको बताए ।

पहाडको टुप्पोमा ताल

टिमुरे ताल । गुल्मीकै आकर्षक पर्यटकीय गन्तव्य हो । यो ताल एक हजार सात सय ५० मिटर उचाईमा अवस्थित छ । नाङ्गो डा“डामा सुन्दर र प्राकृतिक ताल । धेरैको मन नलोभ्याउँने कुरै भएन । यो ताल झण्डै चार रोपनी क्षेत्रफलमा पैmलिएको छ । भने दुईदेखि तीन मिटर गहिरो छ । त्यो डाँडोमा पनि बर्षैभरी तालमा पानी रहन्छ । शान्तिपुरबाट सात किलोमिटर उकालो गाडीको यात्रापछि टिमुरे पुगिन्छ । त्यहाँ पुग्ने धेरैले नाङ्गो डा“डाको टुप्पोमा मनोरम ताल र ठम्म पानी देख्छन् । सवैको अनौठो र आकर्षक बिषय त्यहि हो । तालसंगै टिमुरेबाट सूर्योदय र सूर्याअस्तको दृश्यावलोकन गर्न सकिन्छ । भने उत्तरका मनोरम हिमश्रृङ्खला र वरिपरीको वातावरणले मनै चुड्याउँछ । टिमुरेका सबै क्षेत्रमा पुग्ने गरी सडक र पर्यटकीय पदमार्ग निर्माण गर्ने योजना रहेको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोर्ण बहादुर कुवंरले बताए ।

धार्मिक तथा ऐतिहासिक क्षेत्र

शान्तिपुरको पूर्वी क्षेत्रको डा“डामा रहेको चन्द्रकोट बाईसे र चौबिसे राजाले राज्य गरेको स्थान हो । जहा“ अहिलेपनि बाईसे राजा बस्ने गरेको स्थल, उनीहरुले प्रयोग गरेका हतियार, तोप लगायतका सामाग्री सुरक्षित छन् । गुल्मी र बाग्लुङको सिमाना र उचाईमा रहेको चन्द्रकोट आपैmमा दुवै जिल्लाका धेरै मनोरम गाउ“ र दृश्यावलोकनका लागि आकर्षक छ । त्यस्तै उत्तर तर्फको अर्को डाँडा दिब्रुङ स्वामी परमानन्द सरस्वतीले तपस्या गरेर सिद्धि प्राप्त गरेको धार्मिक रुपमा महत्वपूर्ण स्थल भएपनि संरक्षण र प्रचारप्रसार अभावले ओझेलमा रहेको । टिमुरेको फेदमा शान्तिपुर बजार र टिमुरे सामुदायिक होमस्टे संचालन भएको छ । । चक्रेश्वर मेला शान्तिपुरको सवैभन्दा ठुलो मेला हो ।

डुङ्गा संचालनले आकर्षण थप्दै

पर्यटकलाई थप आकर्षण गर्न पर्यटकीय क्षेत्र टिमुरे तालमा डुङ्गा संचालन गरिएको छ । तालमा काठमाण्डौका सन्त बहादुर श्रीसले दुई वटा डुङ्गा संचालन गरेका छन् । तालमा घुमेको बालबालिकाका २४ देखि ५० र ठुला व्यक्तिको एक सय निर्धारण गरिएको छ । करिव छ लाखको लगानीमा डुङ्गा संचालन गरिएको संचालक सन्त बहादुर श्रीसले बताए । उनले तालमा पानी सुक्दै जान थालेकाले त्यसको थप व्यावस्थापन, सडकको स्तर बृद्धि र खाने बस्नेसहितको होटलको प्रबन्ध गर्न सके पर्यटकलाई सजिलो हुने श्रीसले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D