Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पर्यटकको गन्तब्यमा उनाएचौरको "ट्री हाउस" - Gulminews

पर्यटकको गन्तब्यमा उनाएचौरको “ट्री हाउस”

अनिल खत्री
३० भदौ, गुल्मी । गुल्मीमा पर्यटकीय गनतव्य बनाउनको निम्ति “ट्रीहाउस” निर्माण गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनयचौरमा सल्लाको रुखमा ट्रीहाउस निर्माण भएको छ ।

प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्रीहाउससँगै पर्यटकीय पार्क बनाइएको हो । नगरपालिकाले पार्क र पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्रीहाउस बनाएको छ । सञ्चालनमा आएको १ महिनाको अबधीमा ट्रिहाउसले जिल्लामा र जिल्ला बाहिर चर्चामा रहेको छ । सल्लाको रुपमा बनाइएको ट्रीहाउस हेर्नको निम्ति झण्डै एक महिनाको अबधीमा १५ हजारले अबलोकन गरेको समितिले बनाएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केहि धार्मिक मन्दीरहरु मात्रै रहेका थिए । खाली चौरमा मन्दीरहरुसँगै धार्मिक स्थलको रुपमा नगरले उत्कृष्ट पटकीय गनतव्यको रुपमा बिस्तार गर्न पार्क र ट्रिहाउस निर्माण गर्न जोड दिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का सदस्य रघुनाथ पन्थीले बताउनु भयो ।

सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिन्छ । रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नौलो खालको घर रहेको छ । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ ।

बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्रिहाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्रीहाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिएको छ । उनाएचौरमा नगरकै खेल मैदानसँगै पार्क र ट्रीहाउस निर्माण भएसँगै अबलोकनका लागि बिभिन्न स्थानबाट पर्यटकहरु जान थालेका छन् । केहि दिन अघिबाट निर्माण सम्पन्न भएको ट्रिहाउसमा शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताउताउनु भयो ।

हाल दैनिक १ सय जनासम्म ट्रीहाउस अबलोकन गर्नको निम्ति पुग्ने गरेका छन् । ट्रिहाउस अबलोकनको निम्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ । बृद्धहरुको निम्ति निशुल्क र बिद्यार्थीहरुको निम्ति छुटमा १० रुपैयाँ लिने गरेर अबलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । निर्माण भएको ट्रिहाउसको उल्लेख्या नभएपनि हेर्नको निम्ति बिभिन्न स्थानबाट पर्यटकहरु आउन थालेको स्थानीय तेजबहादुर पुनको भनाई छ ।

यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मानेको अबलोकन गर्न पुगेकाहरु बताउछन् । ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् ।

यसक्षेत्रमा रमाइलो दृश्य सहित निर्माण गरिएको ट्रिहाउससँगै अरु बिकासको पनि कमी रहेको पर्यटकहरुको जोड रहेको छ । धार्मिक मन्दीरहरुसँगै नगरकै उत्कृष्ट पर्यटकीय पार्क ट्रिहाउस र खेल मैदान बनाउनको निम्ति धेरै काम पुरा हुदै गएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले बताउनु भयो । नगरले वालक देखि बृद्धसम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गनतव्य बनाउन गुरु योजना बनाएर अगाडी बढाइने वडा अध्यक्ष पाण्डेयको भनाई छ । केहि रुपमा संरचना पुरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट घुम्न लाएक स्थल बनाउनको निम्ति काम अगाडी बढि रहेको वडा अध्यक्षले पाण्डेले बताउनु भयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D