gulminews logo
बुधबार, २०८१ बैशाख १२

परिवारको असहमतिकैबिच शब उठ्यो, अस्पतालको लापरबाही छानबिन गर्न परिवारको माग

टोपलाल अर्याल
गुल्मी, ९ जेठ। अस्पतालले जवरजस्ती शब उठाएर व्यावस्थापन गरेको भन्दै परिवारले बिरोध जनाएका छन् । बिहिबार क्रिमशन अस्पतालले मृत घोषणा गरेका गुल्मी मदाने गाउँपालिकाका ४१ बर्षीय कोरोना संक्रमितको शव ३० घण्टापछि उठेको छ । उपचारमा अस्पतालले लापरबाही गरेको कारण ज्यान गएको भन्दै मृतकका आफन्तहरुले उपचारमा संलग्नहरुको छानबिन हुनुपर्ने माग गरेका छन् ।

परिवारद्धार शुक्रबार जारी गरेको बिज्ञप्तीमा संक्रमणको पुष्टि पहिले कुरुवाको अनुमति बिना ढाडबाट पानी निकालिएको, समयमै बिरामीको छातीको एक्सरे नगरेको, क्वारेन्टाइनबाट भागेर आएका बिरामीलाई संगै राखेको, कोरोना परिक्षणको लागि पहिले भर्नुपर्ने फाराम दुई दिनपछि मागेर भर्न लगाएको आरोप लगाइएको छ । त्यस्तै कोरोना संक्रमणको पुष्टि भएपनि बिरामीलाई कोरोना अस्पतालमा पुराएर उपचार गर्नुको सट्टा लापरबाही गरेर ज्यान जाने अवस्था सृजना भएको न्याय पाउनुपर्ने मृतककी श्रीमतिले माग गरेकी छन् । उनले उपचारमा लापरबाही गर्ने, बिरामीको सत्यतथ्य जानकारी समयमै नदिएर बाहिर अफवा फैलाउने अस्पताल प्रशासन, चिकित्सक र संचालकहरुलाई कानुन अनुसार कारबाहीको माग गरिन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहिमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको हो । परिवारका सदस्यले शव उठाउन अनुमति नदिए पनि शव उठाइएको हो । नेपाली सेना र प्रहरीसहितको टोली क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेको थियो । मृतकका भाइ मीनबहादुर कुवरले अस्पतालबाट शव नेपाली सेना र प्रहरीको टोलीले निकालेको बताए । उनीहरुले यो शब व्यावस्थापनको जिम्मा राज्यको भएको भन्दै उठाइएको बताए । कुवंरले शव व्यावस्थापनको सेवा प्रबाहमा लापरबाहीको कुरा परिवारले उठाई रहेका बेला कुनै वास्था नगरेर परिवारको सहमति विना शव उठाइएको बताए ।

‘कोरोनाकै कारण बिरामीको ज्यान जाने अवस्था किन आयो बिषय गम्भीर छ,’उनले भने,‘बिमार भएर अस्पताल आएकै कारण अहिले आफुहरुले भोगेको समस्या अरुले पनि भोग्नेछन् ।’ मृतकको शवलाई पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शव व्यावस्थापनको लागि स्थान पहिचानमा बाहेक आफुहरुको कुनै संलग्नता नरहेका बताए । उनले संकट व्यावस्थापन केन्द्रको निर्णय अनुसार सुरक्षाकर्मीहरुले शवको व्यावस्थापन गरेको बताए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ

मदानेकै संक्रमितका परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । अझै पाँच जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाटर भवानी शर्माले जानकारी दिए । मदानेपछि उपचार गरिएको अर्घाखाँचीको छाँया पोलिक्लिनीकका स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट पनि नेगेटिभनै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D