gulminews logo
शनिबार, २०८१ बैशाख १५

परराष्ट्रमन्त्रीले पठाए गृहजिल्लामा स्वास्थ्य सामग्री

हुमाकान्त पोखरेल
गुल्मी, १३ जेठ । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिप कुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । उनले गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुको लागि अक्सिजनसहितका सिलिन्डर, माक्स, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् ।

त्यसरी पठाएका सामग्री ज्ञवालीका स्वकीय सचिव जङ्ग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे । जिल्लाभरका चार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, नौ वटा कन्सन्टेटर, छ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, एन् नाइन्टी फाइभ् माक्स पाचँ सय वटा, गाउन र पिपिई दुई÷दुई सय थान, एन्टिजेन्ट कीट एक हजार पाचँ सय, बेड पाचँ वटा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण हस्तान्तरण गरेको मन्त्री ज्ञवालीका स्वकीय सचिव नेपालीले बताए ।

जिल्लाबाट माग भएअनुसारको सामग्री केन्द्रबाट आएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्य सामग्री ल्याउन पहन गर्ने परराष्ट्रमन्त्री लगायत सबैलाई धन्यवाद् दिइन् । जिल्लामा आइसियु तथा अक्सिजन प्लान्ट निर्माणको काम पनि अगाडी बढेको भन्दै प्रजिअ शर्माले त्यसको लागि पहल गर्ने पत्रकार महासंघलाई पनि धन्यवाद् दिइन् । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले केन्द्रबाट स्वास्थ्य सामग्री आएसँगै उपचारमा सहजता आउने प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D