gulminews logo
बिहीबार, २०८१ बैशाख २०

पत्रकार महासंघको अक्सिजन अभियानमा राधा–माधवको सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, २९ वैशाख । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा राधा–माधव समिति गुल्मीले सहयोग गरेको छ । सदरमुकाम तम्घासमा रहेको समितिका सत्सङ्गिहरु तथा डिभाइन युथ क्लव गुल्मीका सदस्यहरुले रकम संकलन गरी पत्रकार महासंघ, गुल्मीलाई हस्तान्तरण गरेको पत्रकार महासंघका प्रदेश सदस्य ताराप्रसाद भुसालले जानकारी दिए ।

राधा–माधव समितिका संयोजक महाशर्मा भण्डारीले बुधबार पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई ३२ हजार ७६५ प्रदान गरेका हुन् । संयोजक भण्डारीले अक्सिजनको अभाव झेलिरहेको अवस्थामा पत्रकार महासघंले सुरु गरेको अभियानमा आफुहरुको सधै साथ रहने बताए । साथै भोलेन्टियर रुपमा काम गर्ने जनशक्ति चाहिए पनि डिभाइन युथ क्लव मार्फत आफुहरुले उपलब्ध गराउने प्रतिवद्धता जनाए । पत्रकार महासंघका अध्यक्ष अर्यालले अक्सिजनकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अक्सिजन अभियान सुरु गरेको बताए ।

संस्थाकै सभाहलमा बोलाएर कोरोनाविरुद्धको अभियानमा इट्टा थप्ने काम गरेकोमा राधा–माधव समिति र डिभाइन युथ क्लवलाई धन्यवाद दिए । त्यसका साथै उनले कोरोनाविरुद्धको अभियानमा सबै एकजुट भइ रकम संकलन अभियानमा जुट्न समेत आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D