gulminews logo
शनिबार, २०८१ बैशाख १५

पत्रकार कोरोना कोष स्थापना, गुल्मेली पत्रकारद्धारा सदस्यता नविकरण शुल्क छुट गर्न केन्द्रसंग माग

टोपलाल अर्याल
गुल्मी, ९ जेठ। पत्रकार महासंघ गुल्मीले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ जिल्ला कार्य समितिको बैठकले पछिल्लो समय पत्रकार तथा संचारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोषको स्थापना र महासंघकै अतिथी गृहलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष नवराज भुसालले बताए ।

त्यस्तै पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको । यो संकटको बेला पत्रकार कार्यरत संचारगृह आफै समस्या परेको र पत्रकारको आर्थिक अवस्था संकटमा परेकाले सकेसम्म सवै शुल्क नभए वा बिशेष छुट प्रदान गर्न बैठकले आग्रह गरेको छ । यसैबिच पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सवै पत्रकारलाई २० थान माक्स र दुई मिलिलिटर सेनिटाइजर तथा संचार गृहलाई एक सय थान माक्स र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए ।

पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, एकिकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए । महासंघका अध्यक्ष भुसालले सहयोग गर्ने विभिन्न संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा थप समन्वय आवश्यक रहेको बताए । पत्रकार महासंघको बैठकले जिल्लाका संचारगृहमा कार्यरत संचारकर्मीले कोरोना संक्रमणको बेला नियमित पारिश्रमीक पाए नपाएको, अरु मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन गर्ने भएको छ । जसको लागि पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य छवि पाण्डेयको संयोजकत्वमा महासंघको पुर्व अध्यक्ष जर्नादन घिमिरे, अनिल खत्री र तिलाचन पाण्डेय सदस्य रहेको समिति गठन गरेको छ ।

समितिले संचारगृहका कार्यरत कर्मचारीको अवस्था अनुगमन गरेपछि पारिश्रमीक दिन दवाव दिने पत्रकार महासंघका सचिव टोपलाल अर्यालले जानकारी दिए । उनले बैठकले लकडाउनको अवस्था बढ्दै गएकाले पत्रकार राहत प्याकेज बनाउन स्थानीय तह र विभिन्न संघसंस्थासंग आवश्यक आर्थिक सहयोगको लागि समन्य गर्न समिति गठन गरिएको बताए । बैठकले कार्यसमिति सदस्य रेशम कुवर संयोजक, केन्द्रिय पार्षद प्रेम सुनार र पत्रकार महासंघका सचिव टोपलाल अर्यालले समन्वयको गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D