gulminews logo
बिहीबार, २०८० चैत्र १५

पत्रकारहरुको अक्सिजन अभियानलाई गुल्मी रेसुङ्गा युवा क्लबको सहयोग

पूर्ण विश्वकर्मा
बैशाख ३०, गुल्मी । श्री गुल्मी रेसुङ्गा युबा क्लब रे.न.पा. -०६, गुल्मीले पत्रकार महासंघको अक्सिजन अभियानमा सहयोग जुटाएको छ । अक्सिजनको अभावमा बिरामी मर्न नपरोस भन्ने उद्देश्यले क्लबले करिब २५ हजार सहयोग गरेको छ । क्लबको कोषबाट रु. १० हजार र क्लबका पदाधिकारीहरुबाट संकलित रु.१५ हजार १० गरि जम्मा २५,०१०/- रुपैया सहयोग हस्तान्तरण भएको हो ।

पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि क्लबले उक्त सहयोग गरेको हो । कोषका अतिरिक्त कोरियामा कार्यरत गणेश मरासिनीले रु. १० हजार सहयोग पठाउनु भएको हो । त्यस्तै प्रकाश पौडेलले रु. एक हजार एक , गोकर्ण बरालले रु.एक हजार र प्रकाश अधिकारीले रु. नौ सय उनान्सय सहयोग गर्नुभएको हो । त्यसै गरि बिकाश पुनबाट रु.पाँच सय पाँच र कृष्ण मरासिनीबाट पाँच सय पाँच सहयोग जुटेको हो । त्यसै गरि पुर्ण बिश्वकर्माबाट पाँच सय र सन्दिप सुनारबाट पाँच सय प्राप्त भएको हो ।

स्थापनाकाल देखि नै सामाजिक हितका कार्य गर्दै आएकोले क्लबले समाजमा आफ्नो छुट्टै स्थान बनाएको छ । जेष्ठ नागरिक सम्मान देखि विभिन्न सचेतनामुलक कार्य गर्दै आएको यस क्लबले कोरोना नियन्त्रणमा पनि भुमिका खेलेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट बि सं. २०७३ सालमा प्रमाणपत्र प्राप्त यस क्लबले विभिन्न जनहितकारी कार्य गर्दै आएको क्लबका अध्यक्ष गोकर्ण बरालले बताउनु भयो ।त्यस्तै अस्पतालहरुमा देखिएको अक्सिजन अभाब रोक्ने उद्देश्यले क्लबले सहयोग गरेको र सम्पुर्णलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।
Attachments area

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D