पत्रकारलाई माक्स र सेनिटाइजर बितरण

टोपलाल अर्याल
६ चैत, तम्घास। शुभ लक्ष्मी फर्मा तम्घास गुल्मीद्वारा जिल्लामा कृयाशिल पत्रकारहरुलाई माक्स र सेनिटाइजर बितरण गरेको छ । बिश्वब्यापी रूपमा कोरोना संक्रमण बढीरहेकाले त्यसको जोखिम कम गर्न आवश्यक सामग्री पत्रकारलाई बितरण गरिएको फर्माका व्यास्थापक होम पल्लीले बताए । बजारमा माक्स र सेनिटाइजरको अभाव र सबै ठाउँमा पुग्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा हुने भएकाले बितरण गरिएको पल्ली बताए । उनले माक्स र सेनिटाइजरको प्रयोग तथा अन्य सचेतनाका बारेमा जानकारी दिएका थिए ।

पत्रकार महासघ गुल्मीका अध्यक्ष नबराज भुसालले पत्रकारको हितमा फर्माले गरेको सहयोग अत्यन्तै सान्दर्भिक भएको प्रतिक्रिया दिए । उनले सबै बर्ग र समुदायसम्म पुगेर रिपोर्टिङ गर्ने पत्रकार आफु पनि सचेत रहनु पर्ने कुरामा जोड दिदै शुभ लक्ष्मी फर्माले पत्रकारको पेशागत मर्म बुझेकोमा धन्यवाद दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ