gulminews logo
मंगलवार, २०८० चैत्र ६

पत्रकारको अक्सिजन प्लान्ट अभियानमा प्रतिष्ठानको तीन लाख सहयोग

हुमाकान्त पोखरेल, गुल्मी
१० जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले दुई लाख ८४ हजार ९३५ सहयोग गरेको छ । आइतबार प्रतिष्ठानका जिल्ला अध्यक्ष बसन्त खत्रीको नेतृत्वमा महासंघमा गएको समुहले महासंघका अध्यक्ष अध्यक्ष टोपलाल अर्याललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै प्रतिष्ठनका अध्यक्ष खत्रीले गुल्मीका पत्रकारहरुको कर्म देशमै उत्कृष्ठ रहेको तथा अभियान जनताको पक्षमा रहेकोले आफुहरुले सहयोग गरेको बताए । उनले प्रतिष्ठानमा आवद्ध कार्यसमिति सदस्य, आजिवन सदस्य, जिल्लामा रहेका विभिन्न कलाकार तथा प्रतिष्ठानका शुभचिन्तकहरुसँगबाट संकलन गरिएको रकम महासंघलाई हस्तान्तरण गरेको बताए । अक्सिजन प्लान्ट अभियानको लागि आइतबार नै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २६ हजार २५० प्रदान गरेको छ । कार्यालयका कर्मचारीहरुबाट संकलन गरिएको रकम महासंघलाई प्रदान गरेको हो ।

कार्यालयका प्रमुख नारायण काफ्लेले पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम प्रदान गर्दै काफ्लेले पत्रकार महासंघले सुरु गरेको अक्सिजन अभियानको सफलताको शुभकामना दिए । महासंघले सुरु गरेको अभियानमा हालसम्म ५० लाखभन्दा बढी रकम संकलन भएको छ । ५० लाख नगद र जिल्ला समन्वय समितिबाट भुक्तान लिन बाँकी १० लाखसहित ६० लाख सोमबार जिल्ला अस्पताललाई प्रदान गर्ने कार्यक्रम रहेको महासंघका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D