Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पक्की सडकले ल्याएको खुसी: तम्घास–सिमलटारी कालोपत्रे, पुर्कोट सम्म पुग्ने बाटो पनि कालोपत्रे हुँदै - Gulminews

पक्की सडकले ल्याएको खुसी: तम्घास–सिमलटारी कालोपत्रे, पुर्कोट सम्म पुग्ने बाटो पनि कालोपत्रे हुँदै

अनिल खत्री
५ कात्तिक, गुल्मी । गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम सम्पन्न भएको हो ।

गुल्मी सदरमुकाम तम्घास जोडिने सडकपछि सदरमुकाम बाहिर ग्रामीण भेगमा पुग्ने सडकमध्य तम्घासदेखि सिमलटारीसम्म पुरै सडक कालोपत्रे सकिएको छ । तम्घासबाट सिमलटारीसम्म २०४३ सालतिर सडकको ट्र्याक खोल्ने कार्य अगाडी बढेको थियो । केही भाग बाहेक सबै छल्दी खोलाबाट सवारी साधानहरु आवतजावत गर्ने गर्दथे । तर सडक सुचारु भएको झण्डै ३० वर्ष पछि भने कालोपत्रे भएको छ । तम्घासबाट सिमलटारी पुग्नका लागि साढे दुई घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ ।

बाटो पक्की पछि यसभेगका स्थानीय खुसी छन् । ठूलो सडक त्यसमाथी कालोपत्रेमा यात्रा गर्न पाउँदा यसभेगका स्थानीय सुखको अनुभूति गरेका छन् । सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका, इस्मा गाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित भएका छन् । बाटो पक्की भएपछि सवारी साधनको भाडा पनि घटेको छ । भाडा घटेसँगै पक्कीबाटोमा यात्रा गर्दा यसभेगमा चल्ने सवारी साधान र यात्रु स्थानीयलाई सहज भएको बताउँछन् । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो ।

सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको हो । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिनियर सुनित केसी बताए । ८७ करोड ९१ लाखको लागत रहेको सडकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको इन्जिनियर केसी बताए । तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदनभण्डारी राजमार्गले जनाएको छ । राजमार्गको अन्य सडक चिन्ह्, किलोमिटर लगायतका संकेतहरु राख्नको निम्त काम भइरहेको आयोजनाले जनाएको छ । सोहि राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ । सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने कार्य अगाडी बढेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D