gulminews logo
बुधबार, २०८१ आश्विन ३०

नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर खोल्न सेना परिचालन, बम विस्फोट गरेर बाटो खुलाउने प्रयास

गुल्मी, कार्तिक १२ । नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन गर्न नेपाली सेनाले बम विस्फोट गरेको छ । कात्तिक पहिलो हप्ताको वर्षाले कात्तिक ३ गतेबाट कालीगण्डकी करिडोरको गुल्मी खण्डस्थित रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा ठूलो पहिरो गएको थियो ।

पहिरोसँगै बिच भागमा ठूला ढुङ्गाहरू रोकिएकाले जोखिम बढेको थियो । स्थानीय स्तरमा पहिरो फालेर सडक सञ्चालनको प्रयास पनि भएको थियो । तर, सानो प्रयासले सम्भव नभएपछि सेनाले बम विस्फोट गरेको हो ।

शुक्रबार दिउँसोबाट नेपाली सेनाको टोलीले बम बलाष्ट गरेर ढुंगाहरू फुटाउने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदल हर्मिचौर र ग्राम शार्दुल गुल्मका उपसेनानीसहितको टोलीले सडक सञ्चालनको प्रयास गरिरहेको पौडेलले बताए ।

उनले स्थानीय प्रयास असफल भएपछि सेनाको प्रक्रिया अगाडी बढाएको र सेना आफैका पनि प्रक्रियाका कारण भनेकै समयमा सडक सुचारु गर्न मुस्किल परेको बताए । रिडी–रुद्रवेणी–वामी हुँदै बाग्लुङ्गसम्म सयौँ सवारी साधन दैनिक आवतजावत गर्छन् ।

नजिकैबाट वैकल्पिक सडक नभएकाले सबै सवारीहरू रिडी–तम्घास–इन्द्रेगौडाको सडकबाट गन्तव्यमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले शनिबार अबेरबाट यातायात सञ्चालनको प्रयास भइरहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D