रमेश विश्वकर्मा
गुल्मी, माघ २८ । नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो १२ औं जिल्ला अधिबेशन सम्पन्न गरेको छ । अधिवेशन नेपाली काँग्रेस गुल्मीको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले झविन्द्र पाण्डेलाई सभापति पदमा निर्विरोध चयन गर्दै ३३ सदस्यीय जिल्ला कार्य समितिको गठन भएको छ । उप–सभापतिमा तोमलाल पन्थी, कमल पोखरेल, रामप्रसाद पन्थी, सचिवमा सिजन राना, पार्वती कुँवर, कोषाध्यक्षमा सूर्य प्रसाद खनाल, सह–सचिवमा विष्णु प्रसाद आचार्य चयन भएका छन ।

समितीको सदस्यहरुमा सन्तोष भण्डारी, मदन पाण्डे, विक्रम घिमिरे, विपिन ढकाल, कमल काउछा, रामचन्द्र खनाल, सन्तोष पाण्डेय, ओम प्रकाश भण्डारी, रमेश रसौली, विक्रम पन्थी चयन भएका छन ।
त्यस्तै रोशन सिंह ठकुरी, अर्जुन पोखरेल, यशोधा पोखरेल, प्रिती पाण्डे, प्रमिला कार्की, मनिषा सिंह ठकुरी, कुस्मा भण्डारी, श्रृजना गिरी, अस्मिता सेन, श्रृजना सुनार, रविलाल मुखिया, प्रेम परियार, शुसिल कुमार वस्नेत, लक्ष्मण पाण्डे र युवराज चन्द बोहोरा जिल्ला सदस्यमा चयन भएका छन ।







