नेरा त्रिभुवन माविको लागि २२ लाख रुपैँया सहयोग संकलन

कौरव खत्री
गुल्मी, ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।

मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट हालसम्म २२ लाख चन्दा बोल रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।

गत बुधवार विद्यालयमा बसेको एक भेलाबाट ४ लाख २६ हजार ७ सय ७० रुपैया समेत गरि हालसम्म जम्म्मा २२ लाख नगद र बोल रकम गरि उक्क्त सहयोग भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।

२०ंं१४सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।

प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि यहि माघ २१ देखि २९ गतेसम्म विद्यालयले मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सवबाट श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ