gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपाल हेल्पद्वारा विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

विवश विष्ट
गुल्मी, १८ कार्तिक । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्ग स्थित ओख्लेदह प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल हेल्प नामक गैरसरकारी संस्थाद्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बिहिवार विद्यालयको प्राङ्गणमा गरिएको एक हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले यसरी सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गर्नुभयो । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा गर्दै सहयोग प्रदान गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकाल रहनु भएको थियो ।

गैरसरकारी संस्था नेपाल हेल्पले जर्मनीहरुको सहयोगमा यो सामाग्री हस्तान्तरण गरेको हो । यसबाहेक यस संस्थाले देशका विभिन्न स्थान र विश्वका विभिन्न देशहरुमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ । जर्मनबाट उपस्थित डाक्टर क्लजले यसरी यस विद्यालयलाई पनि सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नु भएको छ । आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा जर्मन प्रो. माइकल र डाक्टर क्लजको उपस्थित रहेको छ । मदाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख यमलाल भुषाल, पत्रकार विवश विष्ट, मदाने सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारी माधव भुषाल, प्रकाश भण्डारी, विद्यालयका प्रधानाध्यापक अर्जुन राउत, द सनराईज युवा क्लबका अध्यक्ष महेन्द्र जिसी, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष लाल बहादुर विष्ट, भगत बोहोरा लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो । उपस्थित सबै अतिथिहरुलाई खादा, मालाले स्वागत तथा सम्मान गरिएको थियो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल हेल्पद्वारा विद्यार्थी हरुलाई कापि, कलम, झोला तथा विद्यालयलाई ह्वाटबोर्ड, मार्करहरु, डस्टरहरु, रोस्ट्रम, पेन्सिल, कार्पेट, कुशन लगायतका करिब ३ लाख भन्दा बढी रकमका सामाग्री हस्तान्तरण गरिएको र बाकी रहेका केही सामाग्रीहरु पछि वितरण गरिने बताइएको छ । आठ हजार भन्दा बढी कापी कलम विद्यार्थीलाई प्रदान गरिएको छ भने विद्यार्थीहरुलाई झोला पछि वितरण गरिने छ । कार्यक्रम स्वागत मन्तव्य शिक्षिका शुसिला चन्द घर्तिले राख्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D