gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपाल रेडक्रस सोसाइटी गुल्मीद्वारा कैदीबन्दीहरुलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी, साउन २५ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले कैदीबन्दीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी तथा आपकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत इटलियन रेडक्रसद्वारा प्राप्त स्वास्थ्य सामग्रीहरु आइतबार गुल्मी कारागारमा रहेका ७८ जना कैदीबन्दीहरुलाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठ तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्वास्थ्य सामग्री कारागार गुल्मीका निमित्त कार्यालय प्रमुख ढालेन्द्र पुन लगायतलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवशरमा प्रजिअ शर्माले देशका धेरै ठाउँमा रहेका कारागारमा पनि कोरोना पोजेटिभ देखिएकाले सुरक्षा सर्तकता अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्य सामग्रीहरु दिर्गकालिन रुपमा प्रयोग गर्न नमिल्ने हुानाले यसको आवश्यकता परीरहने बताउनुभयो । रेडक्रसले सामाजिक दायित्वका रुपमा प्रदान गरेको स्वास्थ्य सामग्रीलाई कैदीबन्दीहरुलाई मद्दत पुग्ने बताउनुभयो ।

शर्माले लकडाउन केही ठाउँमा खुलेसँगै कोरोनाको जोखिम बढेको समेत बताउनुभयो । उहाँले जिल्लामा पनि धार्मिक, राजनैतिक, सामाजिक कार्यको नाममा भिडभाड बढ्दै गएको देखिएकाले यसमले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनुभयो । यसबाट कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि मद्दत पुग्ने सभापति उहाँको भनाई छ ।

रेडक्रस जिल्ला शाखाद्वारा एक सय पिस माक्स, ७ पिस एप्रोन पुन प्रयोग गर्न सकिने, गलब्स एक सय पिस, प्रदान गरिएको थियो । आपत्कालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत ३ सय १५ पिस माक्स, साबुन १०५, हार्पिक १० वटा, ब्रस १० वटा, स्यानिटाइजर १०५ पिस प्रदान गरिएको होे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति राधा पन्थी, उपमन्त्री महेन्द्र प्रसाद भण्डारी, इश्वरी पौडेल, शिला श्रेष्ठ, रेडक्रसका जिल्ला शाखा अधिकृत कृष्ण प्रसाद खनाल लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D