नेपाल रेडक्रस सेसाइटी गुल्मीको सभापतीमा श्रेष्ठ

अनिल खत्री
१९ पुस, गुल्मी । नेपाल रेडक्रस सेसाइटी गुल्मी जिल्ला शाखा सभापतिमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा शुक्रवार र शनिवार सम्पन्न ३७ औं साधारणसभा एवम् अबिधेशनबाट श्रेष्ठको सभापतित्वमा १७ सदस्यि जिल्ला कार्य समिति चयन गरिएको हो ।

समितिको ३ जना पदेन सदस्यहरु गरि २० जनाको जिल्ला कार्य समिति रहनेछन् । जसको उपसभापतिहरुमा कृष्णप्रसाद भण्डारी, राधा पन्थी, मन्त्री लालबहादुर कुँवर, कोषाध्यक्ष ज्ञानहरी सापकोटा, उपमन्त्री महेन्द्रप्रसाद भण्डारी, उपकोषाध्यक्ष बिष्णुप्रसाद भण्डारी लगायत रहेका छन् ।

अबिधेशनमा नेपाल रेडक्रस सेसाइटी केन्द्रिय अध्यक्ष सँजीव थापा लगायत प्रदेश र स्थानिय तहका नेपाल रेडक्रस सेसाइटीसँग आबद्ध सदस्यहरको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सेसाइटी गुल्मीमा बिभिन्न स्थानमा २३ वटा उपशाखाहरु रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ