gulminews logo
मंगलवार, २०८० चैत्र ६

नेपाल रेडक्रस साेसाइटीद्वारा स्वास्थ्य सामाग्री वितरण

सन्तोष महतारा
गुल्मी, ०७ साउन । नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयमार्फत नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीले जिल्लास्थित कार्यालयलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । बिहिवार बिहान एक कार्यक्रमकाे आयोजना गरी नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जिल्ला शाखा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे लगत्तै जिल्ला शाखा गुल्मीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । केन्द्रीय समिति मार्फत जिल्ला शाखा गुल्मीलाई सर्जिकल मास्क ३५ हजार थान, पिपिई ६५ थान, सेनिटाइजर सानोमा ५ सय थान, थर्मल गन १० थान, चस्मा ६५ थान, फेस शिल्ड १ सय थान, गाउन ६५ थान र अक्सिजन कन्सनटेटर ४ थान लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जानकारी दिए ।

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीलाई प्राप्त स्वास्थ्य सामाग्री मध्ये नेपाली सेनालाई १ हजार थान, सशस्त्र प्रहरी बललाई १ हजार थान, स्वास्थ कार्यालय गुल्मीलाई ५ सय थान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई ५ सय थान सर्जिकल मास्क उपलब्ध गराइएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीका अधिकृत कृष्ण भुसालले जानकारी दिए ।

विभिन्न साझेदार संस्थाको सहयोगमा नेपाल रेडक्रस साेसाइटीले देशभर निरन्तर सहयोग गरिरहेको केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जानकारी दिए । “खुल्ला सिमानाका कारण नेपालमा निरन्तर जाेखिम बढिरहेको छ ।” महामन्त्री भुसालले भने, “पहिरो चरणमा सिमानाका कडाइ गरिएको तर दाेस्राे चरणमा त्यो नगरिएकोले जाेखिम गाउँगाउँमा बढेको छ ।” अब आउने काेराेना भाइरस काेभिड १९ काे संक्रमण बच्चाबच्चीलाई धेरै जाेखिम हुने भन्दै त्यो तयारीमा निरन्तर रेडक्रस लागेको बताएका छन् ।

भ्याक्सिन बाहेक अरु विकल्प नरहेको भन्दै रेडक्रसले निरन्तर प्रयास गरेको उनले बताए । भ्याक्सिनबाट कसैलाई गराउनु हुदैन भन्दै महामन्त्री भुसालले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने पनि प्रतिबद्धता जनाए । नेपाल रेडक्रस साेसाइटी सरकारको सहयोगी संस्था र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था भएको उनले स्पष्ट पारे । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीका अध्यक्ष श्रेष्ठले जिल्लाका २४ वडा उपशाखा मार्फत वडावडामा प्राप्त स्वास्थ्य सामाग्री पुराउने बताए ।

यसअघि नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा गुल्मीले मास्क २० हजार थान, पिपई ५८ थान, अक्सिजन कन्सनटेटर २ थान लगायतका स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरिसकेकाे कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि र राजनितीक दलका प्रमुख तथा प्रतिनिधि लगायत सराेकारवाला निकायकाे सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D