gulminews logo
शनिबार, २०८१ बैशाख ८

नेपाल रेडक्रस तम्घास उपशाखाको सभापतिमा श्रेष्ठ

अनिल खत्री
गुल्मी, फागुन ५ । नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सभापतिमा गोमराज श्रेष्ठ निर्वाचित भएका छन् । शाखाको शनिवार सदरमुकाम तम्घासमा सम्पन्न १०आंै अधिबेशनबाटे श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कार्य समिती निर्वाचित गरेको हो ।

समितिको सदस्यमा रेशम कुवँर, माधब ज्ञवालि, कृष्णप्रसाद पोख्रेल,दान बहादुर बस्नेत, शान्ति नेपाली ,निर्मला अर्याल, मुकुन्द प्रसाद भण्डारी, नेत्रबहादुर बस्नेत रहेका छन् । अधिबेशनमा रेसुङा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यतमा रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा रेडकस जिल्ला शाखा गुल्मिका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले लगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

ईश्वरि प्रसाद पौडेलको सभापतित्वमा र सचिब रेशम कुवरको सन्चालनमा रहेको थियो । समितिको कार्यबिभाजन १ र२ दिनमा सबैको सहमतिमा टुंगो लगाउने जानकारी नबनिर्वाचित सभापति श्रेष्ठले दिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी गुल्मी दरबार गाउँपालिका वडा नं १ बलिथुम उपशाखा गुल्मीको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री तथा निर्वाचन अधिकृत राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेकोे थियो । अधिवेशनद्धारा प्रेम बहादुर मास्कोटीको अध्यक्षता ८ सदस्य नयाँ रेडक्रस उपशाखा कार्य समितिको गठन भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D