gulminews logo
बिहीबार, २०८१ बैशाख १३

नेपाल निजामती कर्मचारी संगठन गुल्मीद्वारा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

टोपलाल अर्याल
गुल्मी, १४ साउन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले जिल्ला स्तरिय हाजिर जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा कार्यरत कर्मचारीहरुबिच हाजिर जवाफ प्रतियोगीताको आयोजना गरेको संगठनका अध्यक्ष भिमप्रसाद खनालले जानकारी दिए ।

सहिदको सम्झना र कर्मचारीहरुबिचमा आत्मियता बढाउन रचनात्मक काम गरिएको खनालले बताए । प्रतियोगीतामा १० समुहले सहभागीता जनाएका थिए । जसमा रेसुंगा नगरपालिकाका जमुना बस्नेत, शोभा पन्थी र सुर्य राना प्रथम भएका छन् । त्यस्तै जीवन घिमिरे, मनिषा दोमासे र भरतमणी त्रिपाठी द्धतिय भएका छन् । प्रतियोगीतामा गोकर्ण प्रसाद पन्थी, पूर्ण बहादुर बस्नते र खगेन्द्र नेपाली तृतिय भएको प्रतियोगीताको सहजकर्ता बोम अर्यालले जानकारी दिए ।

दुर्गा नारायण जिसी, चेत नारायण कंडेल र डिल बहादुर थापा सान्त्वना भएका छन् । बिजयी सवै समुहलाई नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको अर्यालले बताए । कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जनताको सेवामा मन बचन र कर्मका साथ लाग्न सवै कर्मचारीलाई आग्रह गरे । उनले नागरिकले कर्मचारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरेर सेवासंगैका रचनात्मक काममा पनि अगाडी बढ्नुपर्ने सुझाव दिए । उनले नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले कर्मचारीहरुको साख जोगाउनकै लागि ज्यानको बलिदान गर्ने सहिदहरुको सम्झना गर्दै कर्मचारीहरुबिचमा गरिएको सृजनात्मक प्रतिस्प्रर्धाले आत्मियता अभिवृद्धि भएको बताए ।

त्यस्तै संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनीले आफुहरुले सधै जनताको सेवासंगै कर्मचारीहरुका हक र अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने बताए । आस्था र बिचार फरक भएपनि हक र अधिकारको लागि कहिँकतैबाट प्रभावित नभएर जुट्नुपर्नेमा जोड दिए । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भिमप्रसाद खनालको अध्यक्षता रहेको कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय पार्षल लालमणी भण्डारीको स्वागत तथा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीका सचिव हरि प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरै, कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेय, कर्मचारी संगठनका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D