हुमाकान्त पोखरेल
गुल्मी, ३१ असौज । नेपाल टेलिकम दुरसंचार कार्यलय गुल्मीको आयोजनामा गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङ स्थित सिमलटारी बजारमा निशुल्क सिमकार्ड वितरण गरिएको छ । जसमा मर्भुङमा छ सय ८० र अर्जे फूलवारीमा ५० वटा गरी जम्मा सात सय ३० वटा सिमहरु वितरण गरिएको जिल्ला दुरसंचार कार्यलयका प्रमुख उमानाथ पोख्रेलले जानकारी दिए ।
नमस्ते मोबाइलको प्रिपेड सिमकार्ड लिनका लागि टेलिकमले विभिन्न संचार माध्यममा सूचना समेत प्रशारण गरेको थियो । टेलिकमले यसभन्दा अगाडी नै मोबाइल टावर संचालनमा ल्याएको स्थानिय सामाजिक परिचालक कमल नेपालीले जानकारी दिए ।