gulminews logo
मंगलवार, २०८० चैत्र ६

नेपाली काङ्ग्रेस गुल्मीको आठौं अधिबेशन सुरु, चन्द्र भण्डारीले गरे उद्घाटन

टोपलाल अर्याल
गुल्मी, १० मंसिर । नेपाली काङ्ग्रेस गुल्मीको आठौं अधिबेशन सुरु भएको छ । अधिबेशनको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले उद्घाटन गरे ।

शुक्रबार खुल्ला सत्र र शनिबार बन्दसत्रको काम अगाडि बढाइने नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । वडाका पार्टी सभापति र क्षेत्रीय प्रतिनिधि गरेर अधिबेशनको लागि क्षेत्र न १ बाट नौ सय ३९ र क्षेत्र न २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधि रहेको नेपाली काङ्ग्रेस गुल्मीका सचीव खिलध्वज पन्थीले जानकारी दिए ।

अहिलेसम्म सभापतिको लागि दुई जनाले उम्मेद्बारी घोषणा गरे । पार्टी सचीव खिलध्वज पन्थी र महाधिवेशन प्रतिनिधि बेद बहादुर थापा मगरले सभापति पदको लागि उम्मेद्बारी दिएका छन । त्यस्तै उपाध्यक्षमा अनन्तराम पौडेल र झबिन्द्र बिकले उम्मेद्बारी घोषणा गरेका छन । त्यस्तै सचिबमा भगतसिह खडका, पुर्ण केसी, जगदीश भट्टराई र थम्मन बहादुर केसीले उम्मेद्बारी घोषणा गरेका छन ।

सहसचिवमा रेशम कुवर, धर्मराज पान्डेय, निरोज मरासिनी, छबिलाल पान्डेयले उम्मेद्बारी दिएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D