gulminews logo
बुधबार, २०८१ बैशाख १२

नेपाली काङ्ग्रेस गुल्मीको प्रदेश सभाको प्रथम अधिबेसन मुसिकोटमा हुने

गुल्मी, कार्तिक २८ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत गुल्मीको प्रदेश सभाको अधिवेशन मुसिकोटमा हुने भएको छ ।

महाधिवेशनको क्रममै आउदो मङ्सिर ३ गते गुल्मी क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ क; को अधिवेशन मुसिकोट नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ७ स्थित बसपार्कमा हुने काङ्ग्रेसले बताएको छ ।

गुल्मीको मुसिकोट नगरपालिकाका ९ वटा वडा, रेसुङ्गा नगरपालिकाका १ देखि ६ सम्मका ६ वटा वडाहरु र इश्मा गाउपालिकाका ६ वटा गरि जम्मा प्रदेश सभा २ क अन्तरगत २१ वटा वडाहरु रहेका छन ।

३ वटा स्थानीय तहबाट क्षेत्रीय प्रतिनिधिको रुपमा छनोट भएका जम्मा ४३० जनाले १६ जना प्रदेश प्रतिनिधिसहित २३ जनाको प्रदेश सभा कार्य समिती चयन गर्नेछन।

अधिबेसनको मिति नजिकिएसङ्गै तयारीलाई तिब्रता दिइएको प्रदेश सभाका सभापति पुर्ण के सीले जानकारी दिनुभयो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि काङ्ग्रेसले विभिन्न उप समितिहरु समेत बनाएको छ ।

जसमध्ये आर्थिक सम्योजकको जिम्मा पुर्व जिल्ला सचिव समेत रहनुभएका हरिनारायण सापकोटालाई दिइएको छ भने प्रचारप्रसार सम्योजकको भुमिका नगर सभापति मोहन घिमिरेलाई जिम्मा दिइएको छ ।

त्यस्तै आवास व्यवस्थापन तथा मोटरसाइकल र्याली सम्योजक नेपाली काङ्ग्रेस मुसिकोटका उपसभापति सन्तोस शाक्य, भोजन व्यवस्थापन सम्योजक काङ्ग्रेस वडा नम्बर ७ का वडा सभापति तेजिन्द्र जि सी रहनुभएको छ ।

अधिवेशनलाई थप आकर्षक बनाउनको लागि सास्कृतिक क्षेत्र सम्योजक महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,मन्च व्यवस्थापन सम्योजक झबीलाल भण्डारी,स्वयंसेवक व्यवस्थापन सम्योजक बिक्रम श्रेष्ठ,अतिथि व्यवस्थापन सम्योजक बेद प्रसाद शाक्य लगायतलाई जिम्मा दिइएको काङ्ग्रेसले बताएको छ ।

कार्यक्रमलाई उल्लासमय बनाउनको लागि बाइक र्यालिमा १०० भन्दा बढिको संख्यामा बाइकहरु जुटाउने तयारिमा लागेको खगेश्वर सापकोटाले बताउनुभयो ।

यस अघि गुल्मी काङ्ग्रेसले वडा र गाउँ/नगर अधिवेशन सम्पन्न गरिसकेको छ । विष्णुप्रसाद आचार्य चकित/नबखबर

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D