gulminews logo
बिहीबार, २०८० चैत्र १५

नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन केन्द्र बनाउने

रमेश विश्वकर्मा
गुल्मी, बैशाख २५ । नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।

पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो ।

हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने उहाँले भन्नुभयो । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D