नेपाली कांग्रेस गुल्मीद्वारा भातृ संगठनका सदस्यहरुलाई पहिरो पीडितको सहयोगका लागि परिचालन हुन आग्रह

गुल्मी, साउन १० । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाएका प्रति नेपाली कांग्रेस गुल्मीले शोक व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस गुल्मीले सत्यवती गाउँपालिकाको वडा नं ३ ठुलोलुम्पेकमा ५ जना र वडा नं –४ लिम्घामा ८ जनाको मृत्यु भएको तथा अन्य दुई जना घाइते भएको घटनाले नेपाली कांग्रेस गुल्मी स्तब्ध भएको जनाएको छ ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा पीडितहरुका लागी राहत उपलब्ध गराउन तथा उनीहरुको पुर्नस्थापनाका लागि सरकार समक्ष जोडदार माग गरिएको छ ।

घटना लगत्तै नेपाली उपसभापती बिष्णुप्रसाद बलालको नेतृत्वमा पार्टी तथा भातृ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु उद्धारमा संलग्न भएको उल्लेख गदै भातृ संगठनका सदस्यहरुलाई सहयोगका लागि परिचालन हुन आग्रह पनि गरिएको छ ।
विपतको घडिमा पीडितहरुको पुर्नस्थापनाको कार्यमा कंग्रेस सधै प्रतिवद्ध रहने कांग्रेस गुल्मीका सभापति श्रेष्ठद्धारा जारी प्रेम विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ