नेपाली काँगे्रस गुल्मीद्धारा मुसिकोटका पहिरो पिडितहरुलाई राहत सामाग्री वितरण

कौरव खत्री
गुल्मी ५ साउन । नेपाली काँगे्रस गुल्मीले मुसिकोट नगरपालिका वडा नं. २ का पहिरो पिडितहरुलाई राहत खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

आइतवार मुसिकोट देउरालीमा आयोजित राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँगे्रस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले राहत वितरणमा समान रुपले गनुपर्ने भन्दै विपतका बेलामा सबैले मिलेर सहयोग गनुपर्ने बताउदै मुसिकोटमा ठूलो क्षति पुगेकाले पिडितहरुको घाउमा केही मलमपट्टी लगाउन गुल्मी काँग्रेस आएको बताए । साथै पार्टी सभापति श्रेष्ठले पिडितहरुको दुखमा दुख विसाउन केही राहत सामाग्री लिएर आएको बताए ।

सोही अवसरमा नेपाली नेपाली काँगे्रस मुसिकोट नगरपालिका वडा नं. २ का वडा सभापति रामचन्द्र घिमिरे,नेकपा मुसिकोट नगरपालिका वडा नं. २ का अध्यक्ष मदन घिमिरे लगायत शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा नेपाली काँगे्रस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तगर्त विपत व्यवस्थापन समिति नेपाली काँगे्रसका भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुबाट संकलन गरिएको खाद्यान्न सामाग्री करिव एक सय,पचास जना पहिरो पिडित घरपरिवारलाई चामल, खाने तेल, नून लगायतका खाद्यान्न सामाग्री पहिरो पिडितहरुलाई वितरण गरिएको थियो ।

सोही अवसरमा पार्टी सचिव बिष्णुकुमारी सापकोटा, महासमिति सदस्य शालिकराम पन्थी,गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी,नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारी, महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटा र महेन्द्र भण्डारी, प्रदेश सभा क का सभापति पूर्ण केसी, प्रदेश सभा ख का सभापति रेखा कुमार जिसी, नेपाली काँगे्रस मुसिकोट नगर कार्य समिति सभापति शुर्दसन शाक्य, लगायत जिल्ला स्तर तथा स्थानीय स्तरका नेता कार्यकर्ता र भातृ संगठनका प्रमुख एव प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । महासमिति सदस्य शालिकराम पन्थी

कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षता र नेपाली काँगे्रस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने नेपाली नेपाली काँगे्रस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ