gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपालमा कोरोनाबाट मृतकको संख्या ७५ पुग्यो, आईतबार थप दुईको मृत्यु

काठमाडौं, साउन २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो।
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको साउन २४ गते राती ११:३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो ।

मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।
त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको २४ गते विहान निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।

हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।
यससँगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D