gulminews logo
बुधबार, २०८१ बैशाख १२

नेत्रज्योतिसंघ प्रदेश ५ को सभापतिमा राणा निर्वाचित

अनिल खत्री
२५ भदौ, गुल्मी । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा रुपन्देही शाखाका सागरप्रताव राणा चयन गरेको छ । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले राणाको सभापतिमा ९ सदस्यीय कार्य समितको चयन भएका हुन् ।


प्रथम अबिधेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह, सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी,  कोषाध्यक्षमा दाङ शाखाका लिला शाह निर्वाचित भएकी छन् । सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमरा श्रेष्ठ  र कपिलवस्तुबाट राजेशकुमार रहेका छन् । अबिधेशनको मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेका थिए ।
अबिधेशनको लागि १२ जिल्लाबाट बिभिन्न प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D