gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नेतृत्वको तँछाड मछाडले स्थानिय तहको वाणिज्य संघ गठन हुन सकेन

प्रेम सुनार

बुटवल, साउन–६ । गुल्मी उद्योग वाणिज्य संघले संघिय संरचना अनुसार स्थानीय तहको शाखा विस्तार सुरु गरेको छ । पहिलो पटक मुसिकोट नगरपालिकामा उसले शनिवार प्रथम भेला आयोजना गरेको थियो । भेलामा विभिन्न राजनैतिक दलबाट नेतृत्वका लागि तँछाड मछाड गरेपछि तदर्थ समिति भने गठनको प्रयास असफल भएको छ ।

तत्कालिन एमालेबाट वामीका गोपीकृष्ण खरेल , रामबहादुर बोहरा , तत्कालिन माओवादी केन्द्रबाट आँचौरका युवराज खरेल ( राजु ) र नेपाली कांग्रेसबाट ज्ञानु सापकाटाले अध्यक्षको दावी नछाडे पछि राती अवेर सम्मको प्रयास भएको थियो ।

गत १२ वर्ष देखि जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामीटक्सारका व्यवसायीहरुले वामी शाखाको रुपमा व्यवसायीहरुको हकहितका पक्षमा सक्रिय हुँदै आएकोमा अव स्थानिय, प्रदेश र संघिय संरचना अनुसार उद्योग वाणिज्य संघ गठन गर्न लागिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्माद्धारा उद्घाटन भएको प्रथम भेलामा संघका पुर्व अध्यक्ष अखिेलेश्वरप्रसाद पाण्डे, वडाध्यक्ष प्रकाश काफ्ले लगायतका विभिन्नले राखेका थिए ।

वामी शाखाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न प्रथम भेलामा उपाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तव्य र सचिव महेश्वर घिमिरेको सञ्चालन रहेको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D