नेकपा वडा कमिटीद्धारा रेसुङ्गा नगरपालिका २ का वडाध्यक्षलाई ज्ञापनपत्र

अजय खड्का
गुल्मी, ०३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ गुल्मीले वडा कार्यालयमा १० बुँदे माग सहित आज ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय निर्वाचन भएको तीनबर्ष बितिसक्दा पनि वडामा निर्वाचित जनप्रतिनिधिले जनताको मतको अपमान गरेको, बिकासको साटो सामाजिक संघ संस्थामा राजनितिकरण गरेको, बजेट र कार्यक्रममा अपारदर्शीता कायम गरेको, जनगुनासोलाई वडा कार्यालयले ध्यान नदिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ ले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ ले वडामा बजेट सन्तुलित बिकास हुने सबै टोल र क्षेत्रमा खर्च नगरिएको दाबी गरेको छ । बिशेष गरी धागिथुमको माथिल्लो बेल्टमा जनताको अत्याधिक चासो रहेको बाटो सुधारको निम्नि राजनितिक पुर्वाग्रह नराखी बजेट व्यवस्था गर्न कृषि, पशुपालन, मौरीपालनको मुख्य सम्भावना भएको क्षेत्र भएकाले त्यस्ता कार्यक्रम भित्राउनका लागि ठोस पहल गर्न, न्युन आय भएका, दलित, बिपन्न वा लक्षित बर्गलाई उपेक्षा गरी बजेटबाट बन्चित गरिएकोले आर्थिक अवस्था सुधार गर्ने गरी कार्यक्रम तत्काल ल्याउन र सडकबत्ति जोड्नको निम्ति लामो अबधिसम्म कुनै पहल नभएकोले तुरुन्त सडक बत्ति जोडने लगाएका १० बुदे माग उक्त ज्ञापनपत्रमा रहेका छन् । .

प्रस्तुत मागहरु कार्तिक २० गते भित्र सम्बोधन गर्न भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी रेसुङ्गा नगरपालिका वडा नम्बर २ का अध्यक्ष शालिकराम बस्नेत र सचिब सिता विश्वकर्माले ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ । जनसरोकारका माग पुरा गर्न बेवास्ता वा आलटाल गरिएमा वडा कमिटीको तर्फबाट आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष उदय थापाले वजेट आएमा सबै बिकासका योजनाहरु समेटिने बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ