नेकपा गुल्मीले लगायो सबै स्थानिय तहमा अध्यक्ष र सचिवको टुङ्गो

हुमाकान्त पोखरेल
०३ पौष, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । जसअनुसार रेसुङ्गा नगरपालिकामा हरी पोखरेल अध्यक्ष र धर्म विश्वकर्मा सचिव भएका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा खुम बहादुर थापा अध्यक्ष तथा अग्निधर लोहोदी सचिव भएका छन् । कालिगण्डगी गाउँपालिकामा रामजि ढकाल अध्यक्ष तथा मोदिलाल भट्राई सचिव, चन्द्रकोट गाउँपालिकामा चित्र केसी अध्यक्ष तथा प्रेम पराजुली सचिव भएका छन् ।

उता सत्यवती गाउँपालिकामा अध्यक्षमा ठगप्रसाद ज्ञवाली र सचिवमा जितु तरामु रहनुभएको छ । त्यस्तै रुरु गाउँपालिकाको अध्यक्षमा चन्द्रमणी गौतम तथा सचिवमा नारायण पौड्याल र छत्रकोट गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे तथा सचिवमा पिताम्बर अर्याल चुनिएका छन् ।

गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम तथा सचिवमा यमलाल पाण्डे, मालिका गाउँपालिकाको अध्याक्षमा देविराम अर्याल तथा सचिवमा रंगमाया पुन सचिवमा मनोनित भएका छन् । मदाने गाउँपालिकाको अध्यक्षमा प्रेम केसी तथा सचिवमा झविन्द्र बहादुर घर्ती र धुर्कोट गाउँपालिकाको अध्यक्षमा गोपाल कुँवर तथा सचिवमा चन्द्र विक भएको नेकपाका जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
पार्टीले जिल्लाबाट पठाएका नाम प्रदेश कमिटीले अनुमोेदन गरेपछि जिल्लाका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ