नेकपा गुल्मीद्धारा शोक सभा सम्पन्न

अनिल खत्री
१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले श्रद्धाञ्जली सभा गरेको छ । बुधवार ताप्लेजुङमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एबं नेकपाका प्रभावशाली नेता रबिन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मृत्यु थियो ।

बिहिवार नेकपा गुल्मीले मदन आश्रीत पार्टी कार्यालय तम्घासमा श्रद्धाञ्जली सभा गरेको हो । श्रद्धाञ्जली सभामा नेकपा गुल्मीका जिल्ला स्तरिय नेताहरुले देशले एक कर्मठ ब्यक्ति गुमाउनु पर्दा अपुरणीय क्षती भएको बताएका थिए ।

श्रद्धाञ्जलीमा नेकपा गुल्मीका जिल्ला स्थित नेता, तथा कार्यकर्ताहरुको सहभागिता हरेको थियो । मन्त्री अधिकारीको निधनमा पार्टी कार्यालयमा रहेको झण्डा आधा झण्डा झुकाउने र आजबाट तीन दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने नेकपा गुल्मीले जनाएको छ ।

पार्टी कार्यालयमा फोटो सहित शोक पुस्तिका राखिनेछ र शोक सभाहरु गरिने नेकपा गुल्मी जिल्ला कार्यदल सदस्य बालसिंह काउछा, र सदस्य बुद्धि जिसीद्धारा हस्ताक्षरित शोक बकतव्यमा उल्लेख छ । नेकपा गुल्मीले मातहतका कमिटीलाई सोहि अनुसार कार्य गर्न सकुर्लर समेत जारि गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ