gulminews logo
बिहीबार, २०८१ बैशाख १३

नेकपा एमाले गुल्मीको ७ वटा वडामा अधिबेशन हुन बाँकी

अनिल खत्री
७ कात्तिक, गुल्मी । नेकपा एमाले गुल्मीको ७ वडामा वडाअधिबेशन हुँन बाँकी रहेको छ । जिल्लामा रहेका ९३ वटा वडाहरु मध्ये ७ वटा वडामा वडा अधिबेशन हुन बाँकी रहेको नेकपा एमाले गुल्मीमा उपसचिव धर्म बिश्वकर्माले बताए ।

वडाअधिबेशन हुँन बाँकी रहेका वडाहरुमा मालिका गाउँपालिकाका ३ वटा वडा, मदाने गाउँपालिकाका १ वटा वडा धुर्कोट गाउँपालिकाको १ वटा वडा र सत्यवत्ति गाउँपालिकामा १ टा वडामा अधिबेशन हुँन बाँकी रहेको बिश्वकर्माले बताए । बाँकी रहेका वडाहरुमा अधिबेशनको बन्द सत्र जारी रहेकाले छिट्टै नयाँ नेतृत्वचयन हुने नेकपा एमाले गुल्मीले जनाएको छ ।

सम्पन्न भएका वडाहरुमा सर्बसहमतीमा नेतृत्व चयन गरिएको नेकपा एमाले केन्द्रिय सदस्य एबं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएका छन् ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका हुन् । वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ ।

त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव बिश्वकर्माले बताए । निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।

त्यसको लागि सोमबार प्रतिनिधीको नामावली र निर्वाचन अधिकृत तोकिने बिश्वकर्माले बताए । अबिधेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D