gulminews logo
शनिबार, २०८१ बैशाख ८

नेकपा एमाले गुल्मीको वडा अधिबेशनको तयारी पुरा

अनिल खत्री
गुल्मी, ५ कात्तिक । नेकपा एमाले गुल्मीको वडाअधिबेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते शनिवार हुनलागेको वडा अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।

जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न हुँदैछ । वडा अबिधेशनका लागि चाहिने आबश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु पठाई सकिएको बिश्वकर्माले बताए ।

वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत हुनेछन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित हुनेछन् ।

वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव बिश्वकर्माले बताए ।

अबिधेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् । निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D