gulminews logo
बिहीबार, २०८० चैत्र १५

निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाको निचोड

हुमाकान्त पोखरेल
८ फागुन, गुल्मी । गुल्मीमा मंगलबार भएको एक कार्यक्रममा निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । जिल्ला निर्वाचन कार्यलयको आयोजनामा स्वच्छ, स्वतन्त्र निर्वाचन र निर्वाचनमा समावेशिता विषायक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो निचोड निकालेका हुन् ।

कार्यक्रममा निर्वाचनमा नागरिक, कर्मचारी, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन कार्यलय, नागरिक समाज लगायतको भूमिकाको बिषयमा छलफल भएको थियो । त्यस्तै राजनीतिक दलले महिलालाई प्रदेशमा उपसभामुख, स्थानिय तहमा उपप्रमुख तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि समानुपातिकतर्फ मात्रै सिमित गर्न खोजेको लगायतका विषयमा पनि अन्तरक्रियामा आवाज उठेको थियो । तर आजभोति जसरी पनि चुनाव जित्नुपर्ने प्रवृत्तिका कारण निर्वाचन स्वस्च्छ हुन नसक्ने सहभागिहरुले बताएका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । २०१५ साल फागुन ७ गते भएको पहिलो निर्वाचनको सन्दर्भमा गतबर्षदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D