gulminews logo
मंगलवार, २०८१ बैशाख २५

निर्वाचनको लागि उम्मेदवार छनोट गर्दै दल, कुन दलबाट को–को सिफासिमा परे ? हेर्नुस् पुरा बिवरण

हुमाकान्त पोखरेल
गुल्मी, १९ भदौ । आगामी मंसिर –४ गते हुने प्रदेश र प्रतिनिधिभाको निर्वाचनको लागि दलहरु उम्मेदवार सिफारिसमा जुटेका छन् । एमाले, काँग्रेस एवं माओवादी उम्मेदवार सिफारिसको अन्तिम तयारीमा जुटेका हुन् । जिल्लाबाट दुईजना केन्द्र र चारजना प्रदेश सासंदमा निर्वाचित हुनेछन् । जसका लागि काँग्रेसले सबै क्षेत्रका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले क्षेत्र नम्बर २ र २ अन्तरगतका प्रदेशको मात्र सिफारिस गरेको छ भने माओवादी केन्द्रले २२ गतेसम्म सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।

नेकपा एमालेले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवालीको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा गोकर्ण विष्ट, राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ ‘क’ मा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सीता भण्डारी र प्रकाश काफ्लेको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ ‘ख’ मा दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमानन्द भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेलको नाम सिफारिस गरिएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए । क्षेत्र नम्बर १ को प्रदेश सासंदको उम्मेदवारका लागि सोमबार बैठक राखिएको र बैठकले नै अन्तिम सिफारिस गर्ने श्रीपालीले बताए ।

नेपाली काँग्रेसल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को लागि चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकालको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट चन्द्र बहादुर केसी, डाक्टर दामोदर भुसाल र त्रैलोक्य प्रताप सेनको नाम सिफारिस गरिएको काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर १ ‘क’ बाट पृथ बहादुर फौदार, सन्तोष गौतम, अमृत ज्ञवाली र तुल्सीराम पाण्डेको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ ‘ख’ बाट श्रीप्रसाद भलामी, धनेन्द्र कार्की र मुक्ती कडेँललाई सिफारिस गरिएको पन्थीले बताए । क्षेत्र नम्बर २ ‘क’ मा भुवन प्रसाद श्रेष्ठ, माधव खरेल, चन्द्र बहादुर महत र लोकप्रसाद खरेलको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ को लागि शिव बहादुर केसी, काँशी बहादुर बोहोरा र शिव बहादुर केसीको नाम सिफारिस गरिएको पन्थीले बताए ।

नेकपा माओवादी केन्द्रले सोमबार पार्टीको जिल्ला कमिटीको बैठकबाट समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस गर्ने जनाएको छ । अहिलेसम्म पार्टी कमिटीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को बैठकले खुम बहादुर थापालाई प्रदेश सासंदको रुपमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । पार्टीको लुम्बिनी प्रदेश सम्पर्क समिति काठमाडौले भने गुल्मी जिल्लाको लागि उम्मेदवार सिफारिस गरेको छ । समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा तुल्सीराम भण्डारी र २ मा भिमकान्त भण्डारीको नाम सिफारि गरेको छ । क्षेत्र नम्बर १ ‘क’ को लागि राम प्रसाद भण्डारी र ‘ख’ को लागि ध्रुव बराल एवम समानुपातिकतर्फ शान्ता भण्डारी र नुर भण्डारीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ ‘क’ को लागि शिव खड्का एवम् ‘ख’ को लागि अशोक खड्काको नाम सिफारि गरिएको छ । समानुपातिकतर्फ ऋतु केसी र हरी भण्डारीको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले ढिलोमा २२ गतेसम्म प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गर्ने पार्टीका जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले जानकारी दिए । अहिलेसम्म प्रत्यक्ष निर्वाचनका लागि लिलामणी पौड्याल, सुदर्शन बराल, भिमकान्त भण्डारी र बुद्धि जिसी चर्चामा छन् । यद्यपी आधिकारिक सिफारिस गर्न भने बाँकी नै छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D