gulminews logo
मंगलवार, २०८० चैत्र ६

निर्माण धिन रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्रीद्धारा अनुगमन

अनिल खत्री
१६ पुस, गुल्मी । गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।

निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अगाडी बढेको हो ।

विमान स्थल अनुगमनमा पुगेकी मन्त्री झँक्रीलाई रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन थिएन् । तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु हुन थालेका छन् ।

विमानस्थल निर्माणको काम अहिले आशा लाग्दो अबस्थाका काम भइरहेकाले अब तम्घास देउरालीबाट विमानस्थलसम्म पुग्ने मोटरवाटो कालोपत्रे गर्न बजेटको आबश्यक रहेको वडाअध्यक्ष अर्यालले ध्यानाकर्षण गराएका थिए ।

अनुगमनकै क्रममा टर्मिनल भवन निर्माण कार्य गरिरहेका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ भवन अन्तिम चरणमा पुग्न लागेको बताए । उनले भवनसँगै अन्य निर्माण कार्यमा पनि ध्यान दिन आग्रह गरे ।

विमानस्थल अनुगमनमा पुगेकी मन्त्री झाँक्रीले योजना छनोट प्रक्रिया वडातहबाट नभई केन्द्रबाट हुनेगरेको बताइन् । वडातहबाट छानिने विकासका आयोजनाहरु प्रभावकारी हुने उल्लेख गरिन ।

केन्द्रबाट छानिने उल्टो विकासको योजना सर्बप्रथम यसको खारेजी हुनुपर्नेमा जोड दिइन् । अहिलेसम्म विकास व्यक्तिको मुखमा खल्तीमा दैडीरहेको विकासको मोडालिटी भएकाले त्यसको अत्य हुनुपर्नेमा जोड दिइन् ।

नागरिकै आबश्यकताका आधारमा विकासका आयोजनाहरु छनोट हुनुपर्ने मन्त्री झाँक्रीको भनाई छ । उनले गुल्मी जिल्लाकै गौरवकै रुपमा रहेको रेसुङ्गा विमानस्थल सुस्त गतिमा काम हुनुले आफनो पनि चासो चिन्तन रहेको बताइन् । आफु पनि यहिँ जिल्ला वासी भएकाले यो जिल्लाको महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिइन् ।

यस आयोजनालाई समयमै सम्पन्न आफनो तर्फबाट सक्दो सहयोगको रहिरहने उल्लेख गरिन् । विमानस्थलका धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको छ । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।

तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका छन् । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको छ ।

टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।

विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ ।

विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D