Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इस्माको विद्यालयमा काङ्ग्रेसको ताला - Gulminews

इस्माको विद्यालयमा काङ्ग्रेसको ताला

हुमाकान्त पोखरेल
गुल्मी, ०९ असौज । जिल्लाको इस्मा गाउँपालिको एक विद्यालयमा नेपाली काङ्ग्रेस इस्मा गाउँकमिटीले विद्यालयमा ताला लगाएको छ । गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा विगत एक हप्तादेखि काङ्ग्रेसले ताला लगाएको हो । विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति गर्दा गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेर मनपरि तरिकाले गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टकी बुहारीलाई नै प्रधानाध्यापक बनाएको भन्दै त्यसैको विरोधमा काङ्ग्रेसले ताला लगाएको हो ।

विद्यालयमा प्रधानाध्यापकका रुपमा काम गर्दै आएका निर बहादुर विष्टले भदौ १४ गते अवकाश पाए । शिक्षा नियमावलीकाअनुसार विद्यालयमा नयाँ प्रध्यानाध्यापक बनाउँदा शिक्षा शाखाले सूचना आह्वान गर्नुपर्छ । इच्छुक उम्मेद्धारले विद्यालय विकास प्रस्तावसहित आवेदन फारम भर्नुपर्छ । त्यसैका आधारमा उत्कृष्ट उम्मेद्धारलाई शिक्षा शाखाको सिफारिसमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्ने व्यवस्था छ । त्यत्तिञ्जेलसम्म निमित्त प्रधानाध्यापकको जिम्मेवारी विद्यालयमा रहेको सिनियर शिक्षकलाई दिनुपर्छ । त्यसो गर्दा विद्यालयमा रमेश जिसीले निमित्त प्रध्यानाध्यापकको जिम्मेवारी पाउनुपर्ने हो । तर गाउँपालिकाले गाउँपालिका अध्यक्षकी बुहारी शोभा विष्टलाई सिधै प्रधानाध्यापक नियुक्त गरेकोले आफुहरुले त्यसको विरोधमा तालाबन्दी गरेको काङ्ग्रेस इस्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताए ।

विद्यालमा तीनपटक ताला

सुन्तलादेवी निम्न माध्यमिक विद्यालमा तीन पटक ताला लागेको छ । सुरुमा असौज २ गते नेपाली काङ्ग्रेसले विद्यालयको तालामाथि ताला लगायो । त्यसपछि असौज ३ गते काङ्ग्रेसले लगाएको ताला विद्यालयका अभिभावकहरुले तोडे । त्यसको अर्को दिन असौज ४ गते काङ्ग्रेसले उक्त ताला तोडेर अर्को ताला लगाएको छ । गाउँपालिका अध्यक्ष लक्षमण विष्टले आफ्नी बुहारी मात्र नभएर शैक्षिक योग्यताको आधारमा प्रधानाध्यापक नियुक्त गरेको बताए । अर्का शिक्षक जिसी एस्.एल्.सि. मात्र उत्तिर्ण भएको र शोभा विष्ट स्नातक उत्तिर्ण भएकोले शैक्षिक योग्यताको आधारमा विष्टलाई नै गाउँकार्यपालिकाले प्रधानाध्यापक नियुक्त गरेको बताए ।

न्यून योग्यता भएको व्यक्तिलाई प्रधानाध्यापक बनाउने काङ्ग्रेसको एजेण्डा गाउँपालिकालाई मान्य नहुने उनले बताए । विद्यालयको ताला तोडेर आफुले ताला लगाएको भन्दै अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को मुद्धा दर्ता भएको छ । ताला खोल्ने बिषयमा पनि अब गाउँपालिकाले वार्ता नगर्ने र प्रशासन कार्यालयमा बार्ता गरी सहमती खोज्ने विष्टले बताए । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले यसभन्दा अगाडी बोलाएको बैठकमा काङ्ग्रेसबाट प्रनिधित्व नभएको र अर्को बैठक आइतबार बोलाइएको जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D