gulminews logo
शनिबार, २०८१ बैशाख ८

निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण

हुमाकान्त पाेखरेल
गुल्मी, १३ साउन । `धुम्रपान, मध्यपान र लागुपदार्थ नियन्त्रणमा परिवारकाे भूमिका´ बिषयमा भएकाे अनलाइन निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण भएकाे छ । लकडाउनकाे समयमा धुर्काेट गाउँपालिका ५ निवासी समाजसेवी नरेश भण्डारीद्वारा संचालित निबन्ध प्रतियोगिताका विजयीहरूलाई मंगलबार धुर्काेट गाउँपालिकामा पुरस्कार प्रदान गरिएकाे हाे । प्रतियाेगितामा सहभागि १० जनामध्ये द्वितिय हुने गाेविन्द भण्डारी, सान्त्वना हुने अशाेक पाेखरेल, अजय पाेखरेल र सिम्रन पाेखरेललाई पुरस्कार प्रदान गरिएकाे छ ।

द्वितिय हुने भण्डारीले नगद तीन हजार पाएका छन् भने सान्त्वना सबैले परिकल्पना पहल गुल्मीको तर्फबाट `स्वास्थ्यमा नेपाली सांस्कृतिक अाहारकाे प्रभाव´ नामकाे किताब पनि प्रदान गरिएकाे छ । कुल १०० पूर्णाङ्ककाे प्रतियोगितामा भण्डारीले ७१.३३, अजयले ४५.८३, अशाेकले ४५.३३, र सिम्रनले ४०.३३ अकं ल्याएका थिए । प्रतियाेगितामा ७६.३३ अंक ल्याई सिर्जना पराजुली प्रथम र ५६ अंक ल्याई गणेश खत्री तृतीय भएका थिए । प्रथम, द्वितिय र तृतीय हुनेले क्रमश : पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गर्ने निबन्ध संचालक भण्डारीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D