निजामती कर्मचारी युनियन गुल्मीको अध्यक्षमा पुनः पाण्डे

रमेश विश्वकर्मा
गुल्मी, पौष २५ । नेपाल निजामती कर्मचारी युनियन गुल्मीको अध्यक्षमा पुनः मेघलाल पाण्डे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको बालमन्दिरमा भएको युनियनको आठौं जिल्ला अधिवेशनबाट पाण्डे पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

आठौं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा खिमराज पोख्रेल, तेजेन्द्र थापा मगर र महिला उपाध्यक्षमा राधिका पाण्डे रहेका छन् । त्यस्तै गिरिजाप्रसाद श्रीस सचिव, डिलबहादुर थापा सहसचिव पदमा निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा माधवप्रसाद अर्याल निर्वाचित भएका हुन् । महिला सदस्यमा रमिला भण्डारी र मन्जु सुवेदी घिमिरे रहेका छन् । त्यस्तै सदस्यमा सुरेश खनाल, हुमनाथ पन्थ, चेतनारायण खनाल, भुवन पाण्डेय, कमल रेग्मी, पशुपति कंडेल क्षेत्री निर्वाचित भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा मिना खनाल, पंकजकुमार ठाकुर, टोपलाल पाण्डे, सञ्जिव पन्थी र माधवप्रसाद पन्थी सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । अहिले जिल्लामा ४ सय ८ जना नेपाल निजामती कर्मचारी युनियनमा क्रियाशिल सदस्य रहेको बताइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ