gulminews logo
बिहीबार, २०८० चैत्र १५

नागरिक मैत्री सेवामा गुल्मीदरवार गाउँपालिका

अनिल खत्री
२८ पुस, गुल्मी । गुल्मीदरवार गाउँपालिकाले नागरिक मैत्री सेवा दिन थालनी गरेको छ । गाउँपालिकाले नागरिकका सेवा प्रवाहमा सहजता ल्याउने सहायता कक्ष संचालन गरेको छ । सेवाग्राहीहरुले सहज र सरल रुपमा सेवा लिन सकुन भन्ने उद्येश्यले सहायता कक्ष स्थापना गरिएकोे छ । जसले गर्दा बिभिन्न सेवा दिन गाउँपालिकामा जाने सेवाग्रहीलाई सहजता ल्याएको छ ।

गुल्मीदरवार गाउँपालिकामा सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न गाउँपालिकामा सहायता कक्ष संचालन गरिएको छ । गाउँपालिकाले नागरिकलाई अधिकतम सेवा दिने उदेश्यले बेला बेलामा वडा स्तरमै योजना सम्झौता देखि बिबिध सेवा दिनेकार्य गर्दै आएको छ । गाउँपालिकामा सहायता कक्षबाट पालिकामा सेवा लिन आउने नागरिकहरुले पेश गर्नुपर्ने विभिन्न निवेदनहरुको ढाँचा उपलब्ध गराईने र सेवा ग्राहीहरुको काममा सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ । जसले गर्दा गाउँपालिकामा सेवा दिन जाने सेवाग्रहीले सहजता महसुस गरेका छन् ।

गाउँपालिकालाई सुशासन, उत्तरदायी र जनतामैत्री बनाउँदै सबै जनताको अपनत्व हुने गरी विकास र समृद्धिमा लागेको यो अभियानमा गाउँपालिका अगाडी बढेको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताए । गाउँपालिकाले सेवालाइ अझै बढि प्रभावकारि र जनमुखि बनाउँदै सेवा प्रवाह गर्न बिभिन्न बिषयगत शाखाहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । पालिकामा भष्ट्राचार शून्य सहनशिलताको नीति अवलम्ब गरी सेवा प्रवाह, पारदर्शी, जवाफदेहिता, सुशासन, विकास निर्माण प्रशासनलाई सँगसँगै अगाडी बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

गाउँपालिकाले कोरोना भाइरसका कारण बिदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकलन कार्य सुरु गरेको छ । गाउँपालिकाले मासिक विद्युतीय बुलेटिन प्रकाशित गर्दै कार्यपालिकाका सम्पूर्ण विषय सार्वजनिक गरेको र गाउँपालिकाले गरेका कार्यहरुलाई पारदर्शिरुपमा आम जनता सम्म पुर्याउने कार्य गर्दै आएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण गर्दै समृद्ध पालिका बनाउन पालिकाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरु लागि परेका छन् । पालिकाले नागरिकका सेवा प्रवाहलाई केन्द्रमा राखेर आफना गतिबिधीहरु गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D