gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नागरिकको घरदैलोमा सेवा दिदै रेसुङ्गा नगरपालिका

अनिल खत्री
९ मंसिर, गुल्मी । नागरिकलाई घरदैलो मै सेवा पु¥याउने उदेश्यले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–६ मा अवस्थित साउनेथुम निम्न माध्यमिक विद्यालयमा एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो ।

‘रेसुंगा नगरपालिकाको नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो । एकिकृत घुम्ति शिविरको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेका थिए ।

नगरप्रमुख भुसालले नागरिकको घरदैलोमा सरकार आएकाले एकिकृत घुम्ती शिविरबाट अधिकत्तम सेवा लिन आग्रह गरे । उनले नागरिकले नगरसम्म सेवा लिन नसकेकालाई घरमै सेवा प्रवाह गरिएको बताए ।

नगरपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै नागरिक मैत्री सेवा प्रवाहको अभियान अन्तरगत एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो । शिविरमा स्वास्थ्य जाँच तथा औषधी उपचार, कोभिड खोप वितरण, आँखा जाँच गरिएका, सामाजिक सुरक्षा सेवा अन्र्तगत जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नविकरण तथा वितरण गरिएको थियो ।

कृषि विकासतर्फ माटो परीक्षण, बीउ विजन वितरण गरिएको थियो । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिलेको एक्काइसौं शताब्दीमा नागरिक सेवा खोज्दै कार्यालयमा जाने भन्दा पनि कार्यालय नै सेवाग्रहीको घरदैलोमा उपस्थित भएर सेवा दिनुपर्ने बताए ।

सोही मर्म अनुसार रेसुङ्गा नगरपालिकाले वडातहमै पुगेर एकिकृत घुम्ति शिविरबाट बहुसेवा प्रवाह गरेको बताए । स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदाँ स्थानीयहरु खुशी भएका थिए ।

एकिकृत घुम्ति शिविरबाट २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने निःशुल्क औषधी पनि वितरण गरिएको थियो । २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ । जसमा १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ ।

माटो परीक्षणका लागि १५५ जना कृषिकहरुले ल्याएको माटो संकलन गरिएको छ । १०५ जना कृषकहरुलाई पशुहरुको औषधी वितरण गरिएको थियो ।

४० भन्दा बढी जेष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । शिबिरमा नगरपालिकाका कर्मचारी, गुल्मी अस्पतालका स्वास्थ्यकर्मीहरु, नेत्र ज्योति संघ गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेत लगायतले सेवा प्रदान गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D