अनिल खत्री
१८ जेठ गुल्मी । नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्लाका स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । पार्टीले जिल्लामा रहेका २ नगर पालिका र १० गाउँपालिका सहित १२ वटा स्थानिय तहमा पुगेर बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको नयाँ शक्ति पार्टी नेपाल गुल्मी जिल्ला इन्चार्ज पंकज राईले बताए ।
लोकतन्त्रीक विधि मार्फत गठन भएका तीन तहका सरकारहरु र मूख्य त स्थानिय स्तरमा हुने गरेका हरेक किसिमका गतिविधिहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको राईले बताए । शुक्रवार सदरमुकाम तम्घासमा स्थानिय तहमा ज्ञापन पत्र बुझाएर प्रतिक्रिया दिँदै राइले स्थानिय तहले चाल्नु पर्ने तत्कालिन १० बुदँे कदमहरु नगरपालिका र गाउँपालिकाहरुलाई बुझाइएको बताए ।
नयाँ शक्तिका जिल्ला इन्चार्ज राई, जिल्ला संयोजक तेजेन्द्र थापा,पार्टीका ५ नम्बर संयन्त्र संयोजक गणेश कुँवर र सम्बन्धीत गाउँ नगर पालिकाका संयोजक सहितको टोलीले नगर गाउँपालिका प्रमुखहरुलाई भेटेर ज्ञापन पत्र बुझाएको जिल्ला सचिवालय संयोजक जनक पन्थले पन्थले बताए । नगर र गाउँ नगरपालिकालाई बुझाइएको ज्ञापनन पत्रमा जनप्रतिनिधि नै ठेकेदार बन्ने प्रबृति रोक्नु पर्ने, गाउँपालिका वा नगरपालीकाले बजेट जम्मा गर्ने नाममा जनप्रतिनिधिले आफ्नो सेवा सुविधा प्रयोग गर्नका लागि अबैज्ञानिक रुपमा आम जनतालाई भार पर्ने गरी उठाईएको कर प्रणाली तुरुन्त परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।
स्थानिय सरकारबाट सञ्चालन गरीने विभन्न विकास निर्माणका योजनाहरुको सम्पूर्ण विवरण प्रष्ट देखीने गरी सार्वजनीक गर्नुपर्ने,सामाजिक बिकृतिजन्य क्रियाकलापहरु जस्तै जुवा, तास धुम्रपान जाँड रक्सि महिला हिंसा, जातिय छुवाछुत लगायतका कुराहरु नियन्त्रण गर्नुपर्ने नयाँ शक्ति पार्टीको माग रहेको छ । स्थानीय तहमा उपलब्ध सरकारी सवारी साधानहरुलाई सरकारी समय र काममा बाहेक अन्य समय र प्रयोजनमा प्रयोग गर्न नपाईने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सवै जनताको समान अवसर र पहुँचको ब्यवस्था गर्नुपर्ने, प्राकृतिक श्रोतको अनाधिकृत दुरुपयोगलाई रोक्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
भ्रष्टचार जन्य गतिविधिलाई रोक्नु पर्ने, ग्रामिण समृद्धिको प्रमुख आधार कृषिलाई आधुनिकिकरण र ब्यवसायिकीकरणमा विषेश ध्यान दिनुपर्ने माग राखेका छन् । विकाश निर्माणा कार्यलाई दिगो र वातावरण मैत्रि बनाउनुपर्ने नगरपालिका हुने हरेक किसिमका भ्रष्टचारजन्य विभिन्न बिकृति र विसंगतिहरुलाई रोक्ने र पर्दाफास गर्नका लागि बैकल्पिक सरकारको गठन गरेको नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।
नयाँ शक्ति पार्टीले स्थानीय तहले गर्ने हरेक प्रकारका राम्रा कार्यमा साथ र सहयोग गर्ने र स्थानीय तहमा हुने हरेक किसिमका कार्यक्रम बैठकहरुमा हाम्रो पार्टि नयाँ शक्ति पार्टि नेपालका बैकल्पिक सरकार प्रमूखलाई प्रतिनिधित्व गराउनुहुन जोडदार माग गरेका छन् । मागहरुलाई गम्भिर रुपमा लिइदिनुहुन र अन्यथा गम्भिर कदम चाल्न पार्टि पछाडि हट्ने चेतावनी समेत दिएका छन् ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र






