gulminews logo
मंगलवार, २०८० चैत्र ६

धुर्कोट रजस्थल पूर्ण सरसफाईयुक्त वडा घोषणा

हुमाकान्त पोखरेल
गुल्मी, असार २६ । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थल पूर्ण सरसफाईयुक्त वडा घोषणा भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडाध्यक्ष कृष्ण नेपालीलाई पूर्ण सरसफाईयुक्त वडा भएको प्रमाण–पत्र हस्तान्तरण गरे । गाउँपालिकामा पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने रजस्थल पहिलो हो । पूर्ण सरसफाई कार्यक्रम गुल्मीमा ०७१ सालदेखि सुरु भएको हो ।

रजस्थलमा भने ०७३ सालदेखि उक्त परियोजना लागु भएको थियो । ०७३ सालमै रजस्थलका साविकका सातवडा वडा अर्थात हालका टोल पूर्ण सरसफाईयुक्त घोषणा भएका थिए । असार १८ र १९ गते बाँकी दुई वटा टोल सरसफाईयुक्त घोषणा गरेसँगै सिङ्गो वडा नै पूर्ण सरसफाईयुक्त घोषणा गरेको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । रजस्थलले सरसफाईका लागि आवश्यक छ वटा सुचक पुरा गरेको छ । जसको आधारमा रजस्थललाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरेको विश्वकर्माले बताए ।

पूर्ण सरसफाईयुक्त वडा घोषणा भएसँगै अब सार्वजनिक स्थान, विद्यालय, सरकारी कार्यालय लगायतका स्थानमा प्लास्टिक र प्लास्टिकजन्य वस्तु फाल्न पाइने छैन । कार्यक्रमकै अवसरमा वास संयोजक विश्वकर्मा, वास सहजकर्ता लालमणी भण्डारी, वास प्राविधिक जगत पराजुली, रजस्थलका सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरु, पूर्व वडा नागरिक मञ्चका संयोजकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको अध्यक्ष पोखरेलले अब धुर्कोटका सबै वडालाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिने जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D