gulminews logo
बिहीबार, २०८० चैत्र १५

धुर्कोट जैसिथोकका किसानलाई भैंसी वितरण

हुमाकान्त पोखरेल
वैशाख, १० गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका किसानहरुलाई भैंसी वितरण गरिएको छ । संघीय सरकारको भैंसी प्रवद्धन कार्यक्रम अन्तरगत देविस्थान उन्नत दुग्ध उत्पादन सहकारी संस्था अन्तरगत भैसी पालन समुहमा आवद्ध २४ जना किसानलाई मंगलबार मुर्रा जातका भैँसी वितरण गरिएको हो । कुल ५० कृषकलाई एक÷एक वटाका दरले भैंसी र सबैको लागि एउटा रागो वितरण गर्ने कार्यक्रम छ । बाँकी २६ भैसी र पाडो एक हप्ताभित्रै उपलब्ध हुने गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत श्याम कार्कीले जानकारी दिए ।

भारतको बहादुरगञ्जबाट ल्याएका भैसी उन्नत जातका भएको र स्थानीय जातकाले भन्दा बढी दुध दिने कार्कीले जानकारी दिए । गाउँपालिकाका पशु प्राविधिक भरत खड्काले भैंसीको लागि आवश्यक प्राथमिक औषधी पनि वितरण गरिएको बताए । भैंसी गर्मी याममा हुर्केपनि पहाडको हावापानीले कुनै असर नगर्ने र हावापानी अनुकुल नै हुने खड्काले बताए ।

गोलाप्रथाद्धारा भैंसी प्राप्त गरिसकेपछि जैसिथोक लाहाटकी गिता पोखरेलले खुसि भएको प्रतिक्रिया दिइन् । उनकोे घरमा अहिले दुइवटा भंैसी छन् । ति भैंसीपालनबाट दैनिक दुध पनि बिक्रि गर्छिन् । अब मुर्रा जातको भैंसी लगिसकेपछि आफ्नो व्यवसायलाई थप बृद्धि गर्ने उनले बताइन् । आगामी दिनमा गाउँपालिकाले टाढा–टाढा रहेका किसानहरुलाई लक्षित गर्दै दुध ढुवानी गर्न सके आफुहरुलाई थप टेवा पुग्ने बताइन् । देविस्थान उन्नत दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष पूर्ण पोखरेलले भैंसी प्रर्वद्धन कार्यक्रमले किसानहरुलाई टेवा पुगेको जानकारी दिए ।

????????????????????????????????????

दुध पनि बढी दिने र मासुको लागि पनि उपयोग हुने भएकोले गाइभन्दा भैंसी पालन ठिक रहेको उनले बताए । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले उत्पादन हुने दुधको बजारको ग्यारेन्टी गाउँपालिकाले गर्ने बताए । जैसिथोकमा उत्पादन भएको दुध गाउँमै खपत् गर्ने र नभए तम्घाससम्म पु¥याउने उनले बताए । कृषि र पशुपालनबाट मात्रै रोजगारी सिर्जना र गाउँपालिकाको समृद्धि हुने भएकोले आफुहरुले त्यसतर्फ जोड दिएको पोखरेलको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D