gulminews logo
शनिबार, २०८१ बैशाख १५

धुर्कोट जाने बस चढेर गुल्मी पुगेका थिए गुल्मीमा भेटिएका नयाँ कोरोना संक्रमित

हुमाकान्त पोखरेल
गुल्मी, १८ जेठ । गुल्मीका कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० का २६ बर्षिया पुरुषमा कोरोना पुष्टि गरेको छ । जसमा उनी जेठ १० गते भारतबाट आएको खुलेको हो ।

भारतबाट आएपछि उनलाई तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । त्यसबेला उनमा छाती दुख्ने, समान्य रुघाखोकी लाग्ने तथा ज्वरो आउने भएपछि उनको गुल्मी अस्पतालमा आर.डी.टी. गरिएको थियो । आर्.डी.टी. पनि पोजेटिभ आएपछि उनको १६ गते पि.सि.आर्. को लागि स्वाब संकलन गरिएको थियो । उनको शनिबार राति नै कोरोना पुष्टि भएपनि आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनी भारतबाट आउँदा धुर्कोट जाने बसमा आएका थिए । उनका नजिकमा भने सिमिचौर र गुल्मीदरबारका एक÷एक जना साथि थिए । उनीहरु पनि क्वारेन्टिनमा रहेका छन् भने उनीसँगै आएका धुर्कोटका नागरिक पनि क्वारेन्टिनमा छन् ।

संक्रमित पुरुषलाई थप उपचारको लागि रेसुङ्गा नगरपालिका उपल्लो तम्घासस्थित आइसोलेशनमा लगिएको छ । उनी बसेको महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३१ जना थिए । उनलाई आइसोलेशनमा लगेसँगै अहिले त्यहाँ ३० जना क्वारेन्टिनमा रहेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संक्रमितको सम्पर्कमा आउन सक्ने भएकोले सबैको पि.सि.आर. गरिने स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

संक्रमितको सङ्ख्या पाँच पुग्यो

गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या पाचँ पुगेको छ । संक्रमितमध्ये मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ बर्षिया पुरुषको मृत्यु भइसकेको छ । संक्रमित धुर्कोट गाउँपालिका ४ का ३६ बर्षिया पुरुषको उपल्लो तम्घासको आइसोलेशनमा उपचार भइरहेको छ । उनी पनि भारतबाट आएका थिए । अर्का संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष सेल्फ आइसोलेशनमा छन् । भने अर्का कोरोना संक्रमित मदाने गाउँपालिका पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी १० दिनपछि कोरोना जितेर घर फर्केका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D