धुर्कोट गापालाई गुनासो, बजेट अनुत्पादनशिल क्षेत्रमा खर्च भयो

हुमाकान्त पोखरेल
गुल्मी, २७ फागुन । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा बजेट अनुत्पादनशिल क्षेत्रमा खर्च भएको स्थानियले गुनासो गरेका छन् । कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा सुकर्म मिडिया प्रा.लि.को सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष मान बहादुर कुँवरले जनप्रतिनिधी निर्वाचित भएपश्चात भए÷गरेका कार्यहरुको जानकारी गराएका थिए । त्यस्तै वडा सचिव तेजेन्द्र थापाले वडा कार्यालयका प्रशासनिक कार्यहरुको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा पाञ्चायन माविका पधानाध्यापक कृष्णचन्द्र पन्थी, जैसिथोक स्वास्थ्य चौकी प्रमुख बालुराम खनाल, खानेपानी सँस्थाको तर्फबाट गोपाल कुँवर, दुग्ध सहकारीको तर्फबाट पूर्णप्रसाद पोखरेल तथा हुलाक कार्यालयबाट कृष्ण थापाले कार्यालयको गतिविधि प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको आयोजना तथा सुकर्म मिडिया प्रा.लि.को सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष मान बहादुर कुँवरले जनप्रतिनिधी निर्वाचित भएपश्चात भए÷गरेका कार्यहरुको जानकारी गराएका थिए । त्यस्तै वडा सचिव तेजेन्द्र थापाले वडा कार्यालयका प्रशासनिक कार्यहरुको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा पाञ्चायन माविका पधानाध्यापक कृष्णचन्द्र पन्थी, जैसिथोक स्वास्थ्य चौकी प्रमुख बालुराम खनाल, खानेपानी सँस्थाको तर्फबाट गोपाल कुँवर, दुग्ध सहकारीको तर्फबाट पूर्णप्रसाद पोखरेल तथा हुलाक कार्यालयबाट कृष्ण थापाले कार्यालयको गतिविधि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सेवाग्राहीले भूकम्पले चर्काएको घरको कुनै वास्ता नभएको, तेस्रो किस्ता नपाएको, बजेट अनुत्पादनशिल क्षेत्रमा खर्च भएको जस्ता गुनासा राखेका थिए । ‘धेरै बजेट बाटोमा लगाइयो, यो अनुत्पादनशिल क्षेत्रमा खर्च भयो ।’ स्थानीय ढालेन्द्र नेपालीले भने, ‘विकासलाई उत्पादनसँग जोड्न सक्नुप¥र्यो ।’ अर्की स्थानीय कुमारी पोखरेलले भूकम्पपछि घर बनाएपनि तेस्रो किस्ताको रकम नपाएको गुनासो गरिन् ।

उठेका जिज्ञासाहरुको भूकम्प शाखाका इन्जिनियर चन्दन केसी, वडाध्यक्ष कुँवर लगायतले जवाफ दिएका थिए । सबै घरमा जस्ता पाता लगाउने, एक घर एक धारा अभियान, विकास निर्माण लगायतका काममा वडा कार्यालयले प्राथमिकता दिएको जस्ता उल्लेखनिय कार्य गरेको वडाध्यक्ष कुवँवरले बताए ।

त्यस्तै इन्जिनियर केसीले भूकम्पको लाभग्राहिबाट कोहि छुटेको भए वडा कार्यालयमा गई फारम भर्न आग्रह गरे । कार्यक्रम वडाध्यक्ष कुँवरको अध्यक्षता तथा सुकर्म मिडिया प्रा.लि.को तर्फबाट टोपलाल अर्याल र हुमाकान्त पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो । त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा पनि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुकर्म मिडिया प्रा.लि.को सहजिकरणमा भएको सुनुवाईमा वडाध्यक्ष कृष्ण नेपालीले वडाले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

सहभागिहरुले भने शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका बिषयमा जिज्ञासा उठाएका थिए । उठेका प्रश्नहरुको गाउँपालिकाका सुचना अधिकारी इश्वरी भण्डारी, वडाध्यक्ष नेपाली लगायतले जवाफ दिएका थिए । कार्यक्रम वडाध्यक्ष नेपालीको अध्यक्षता तथा सुकर्म मिडिया प्रा.लि.को तर्फबाट शिव सुवेदीले सहजिकरण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ