Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
धुर्कोट गाउँपालिका ‘खरका छानामुक्त’ - Gulminews

धुर्कोट गाउँपालिका ‘खरका छानामुक्त’

हुमाकान्त पोखरेल
गुल्मी, २८ असार । धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरे ।

स्थानीय तहको निर्वाचनपश्चात निर्वाचित जनप्रतिनिधिहरुले चार बर्ष पहिले अर्थात ०७४ असार २८ गते गाउँपालिकालाई खरका छानामुक्त बनाउने पहिलो निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै त्यसको चारबर्षपछि शपथ ग्रहणकै दिन पारेर पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए ।

गाउँपालिकामा हालसम्म जस्तापाता कार्यक्रमअनुसार ५०४ जनाले जस्ता पाएका छन् । जसका लागि एक करोड ८१ लाख ९२ हजार २८७ रकम खर्च भएको छ । वडा नम्बर १ नयाँगाउँमा २१, वडा नम्बर २ पिपलधारामा १७, वडा नम्बर ३ हाडहाडेमा ११०, वडा नम्बर ४ जैसिथोकमा ४० जनाले निःशुल्क जस्तापाता पाएका छन् । वडा नम्बर ५ वस्तुमा ६७, वडा नम्बर ६ रजस्थलमा १०६, वडा नम्बर ७ वाग्लामा १४३ जनाले गाउँपालिकाबाट जस्ता पाएका छन् । त्यसैगरी नागरिक सुरक्षित आवासअन्तरगत १५७ घर बनेका छन् । जसका लागि ७८ लाख ५० हजार रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए । जनता आवासअन्तरगत ३७ घर बनेका छन् ।

यसका लागि एक करोड २४ लाख ५१ जार ८३२ खर्च भएको छ । एकीकृत नमुना बस्तीअन्तरगत एक करोड ६२ लाखमा १८ घर तथा १३ करोड ८३ लाखमा ५२९ घर भूकम्पपछि पुन निर्माण भएको पन्थीले जानकारी दिए । यसरी विगत चार बर्षमा सुरक्षित आवासका लागि गाउँपालिकामा कुल १९ करोड २९ लाख ९४ हजार ११९ लगानी भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुहरुको पहिलो निर्णय पुरा भएकोमा खुसि भएको प्रतिक्रिया दिए । विकसित देशहरुमा विकासले तिब्र रुप लिएपनि नेपालमा टिनका छाना लगाउँदा पनि खुसि मनाउनुपर्ने अवस्था रहेको उनले प्रतिक्रिया दिए । समग्र देशमा भएको विकासको सन्तुलनको तुलनामा धुर्कोटको विकास उच्च रहेको पनि उनले दाबी गरे ।

पानी पर्दा चुहिने डर र घाम लाग्दा आगलागिको डर भएको भन्दै गाउँपालिकाले जस्तापाता दिने कार्यक्रम ल्याएको पोखरेलले बताए । जिल्ला समन्वय समिति प्रमुख पराजुलीले जिल्लामै पहिलो पटक खरका छानामुक्त गाउँपालिका घोषणा गरेकोमा धुर्कोटलाई बधाई दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D