gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

धुर्कोट गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा सुरु, १५ कोठा रहेको २ तले पक्की भवनबाट सेवा

गुल्मीन्युज
गुल्मी, असार ११ । गुल्मीको धुर्कोट गाउँपालिका आफ्नै भवन मार्फत सेवा सुरु गरेको छ । जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा पहिला आफ्नै भवनबाट सेवा शुभरम्भ गरेको हो ।

गाउँपालिकाले धुर्कोटमा निर्माण सम्पन्न १५ कोठा रहेको २ तले पक्की भवनबाट बुधबार देखी कार्यालय सञ्चालन गरी सेवा प्रारम्भ गरेको छ । धुर्कोट गाउँपालिका गुल्मीमा मात्र हैन ४, ५, ६ र ७ नम्वर प्रदेशमै आफ्नो निजी कार्यालय भवन बनाउने पहिलो स्थानीय तह रहेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले दावी गरेका छन् ।

यसअघी बिभिन्न ब्याक्तिहरुका अलग अलग घरहरुबाट सेवा दिँदै आयोको गाउँपालिकाले अब भने सम्पूर्ण सेवाहरु एउटै छाना मुनीबाट उपलब्ध गराउने छ । एउटै छनामुनिबाट सेवा दिँदा काम छिटो, छरितो र सेवाग्राहीहरुको समय र पैसाको बचत हुने अध्यक्ष पोख्रेलले बताए ।

१ करोड ३५ लाख रुपैँया लागतमा निर्मित भवन बहुबर्षीय योजनामा बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीराम पन्थीले बताए । उक्त भवनको लागी यस आर्थिक बर्षमा ६० लाख ५० हजार रुपैँया छुट्टाईएको थियो ।

यससँगै बिषयगत शाखा कार्यालय सञ्चालनका लागि गाउँपलिकाको अर्को चार कोठे भवन पनि निर्माणाधिन रहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपलिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D