gulminews logo
बुधबार, २०८१ बैशाख १२

धुर्कोटमा बजार अनुगमन, सुपथ मुल्यका नाममा भयो मनपरी

विवश विष्ट
गुल्मी, असौज १४ । गुल्मीको धुर्कोट गाउँपालिकामा बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्व तथा धुर्कोट गाउँपालिकाले बजार अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा ८१ हजार १ सय ४० बराबरको सामाग्री बरामद तथा नष्ट गरिएको छ । जसअन्तर्गत २७ हजार ४ सय ४५ बराबरको म्याद गएको खाद्यान्न सामाग्री नष्ट गरिएको छ भने ५३ हजार ९ सय ६५ बराबरको इजाजत बिनाको सामाग्रीहरु बरामद गरिएको हो ।

मैत्रिपुर्ण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित सुपथ मुल्य पसलमा म्याद सकिएका सामाग्री समेत बरामद गरिएको छ । साथै धुर्कोट गाउँपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनमा विभिन्न पसलहरुबाट यस्ता इजाजत बिनाका सामाग्री र म्याद सकिएका सामाग्री बरामद तथा नष्ट गरिएको छ ।

नजिकिँदै गरेको विजयादशमीको बेला उपभोक्ता हितका लागि बजार अनगमन गरिएको छ । अनुगमन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्योग अभिकृत लक्ष्मण घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रण बहादुर थापा, धुर्कोट गाउँपालिका प्रतिनिधि गंगा पन्थी, पत्रकार बासुदेव पोखेल, प्रहरी चौकी इन्चार्ज लोकमान ताम्राकार, नगर प्रहरी प्रमुख विष्णु पोख्रेल, कृषि अधिकृत अन्जली गौतम लगायतको उपस्थितमा म्याद सकिएका सामाग्री नष्ट तथा इजाजत बिनाका सामाग्री बरामद गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D