धुर्कोटद्धारा अति बिपन्नलाई राहत वितरण सुरु

टोपलाल अर्याल
गुल्मी, १८ चैत। कोरोना संक्रमणको कारण नेपाल सरकारले लक डाउन गरेपछि कैयन बिपन्न परिवारमा खाद्यान्न संकट देखिएको छ । सोहि अवस्थालाई मध्येनजर गरेर जिल्लाको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गरेको सुरु गरेको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष भुपाल पाखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले वडा नं ७ का ६० अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरेका छन् । प्रति परिवार २५ केजी चामल, पाँच केजी आलु, एक पोका तेल, एक केजी नुन लगायतका खाद्यान्न वितरण गरेको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए । दैनिक काम गरेर पाखुरीकै भरमा गर्जो टारेका परिवार लक डाउनपछि खाद्य संकटको चपेटामा थिए । सरकारले लक डाउनको अवधि बढाएपछि गाउँपालिकाले त्यस्ता परिवारको लगत संकलन गरेर खाद्यान्य वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । त्यस्तै बुधबार वडा नं ५ वस्तुका ४० र वडा नं ६ का ५२ अति विपन्न परिवारलाई राहत वितरण गरिने पन्थीले बताए ।

राहत वितरण गर्दै अध्यक्ष पोखरेलले कोरोना भाइरसको प्रभावले आफ्नो दैनिकी चलाउन मुस्किल परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको बताए । उनले गाउँपालिकाले विपन्न परिवारको वर्ग पहिचान गरेको गरिरहेको बताउँदै प्रत्येक वडामा पहिलो चरणमा अति विपन्न र दोस्रो चरणमा अन्य विपन्नलाई राहात वितरण गर्ने जानकारी गराए ।

त्यस्तै उपाध्यक्ष शिव बहादुर खत्रीले गाउँपालिकाले विपद् व्यवस्थापन तथा राहात कोष स्थापना गरेर नगद तथा खाद्यान्य संकलन गरिरहेकाले बिपन्न परिवारको दुखमा सवैलाई साथ दिन आग्रह गरे । उनले कोषमा गाउँपालिकाका सवै जनप्रतिनिधी, कर्मचारी र शिक्षकहरुले पारिश्रमीकको केहि अंश जम्मा गर्नुका साथै अन्य केहि मनकारीहरुले सहयोग गरेको जानकारी दिए । अहिलेसम्म राहत कोषमा पाँच लाख भन्दावढी रकम तथा खाद्यान्न सामाग्री समेत संकलन भइसकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D